2026-10-15 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा उत्तरी नाका सञ्चालनमा ल्याउन जोड

वैशाख २१, सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका उद्योगी व्यवसायीले सुर्खेतमा आन्तरिक राजश्व तथा कर कार्यालयको स्थापना गर्नेसँगै कर शिक्षा प्रणाली व्यवस्थित बनाउनुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को बजेट तथा राजश्व निती कार्यक्रमको सम्बन्धमा वीरेन्द्रनगरमा भएको छलफल तथा अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

नेपाल सरकार अर्थ मन्त्रालय राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले उत्तरी नाका खोल्नुपर्ने कामलाई पनि आगामी बजेटमा प्राथमिकतामा राखिनुपर्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जोड दिए । प्रदेशमा  राजश्व संकलन गर्ने ठाउँ नभएकाले तत्काल उत्तरी नाका सञ्चालन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरुले पनि राजश्व परामर्श समितिलाई न्युन भन्सार कर घोषणातर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् । यस्तै, सुन चाँदी व्यवसायीहरुले सुर्खेतमा मात्र नभई कर्णालीका सबै जिल्लामा सुनचाँदी व्यवसायी संघ गठन गरिनुपर्ने पनि माग गरेका छन् । कर्णाली प्रदेशमा उद्योगहरुको स्थापना गर्न सहजताका लागि आयकर छुटको व्यवस्था गरिनुपर्ने माग पनि उनीहरुको छ ।

कार्यक्रममा बोल्दै राजश्व परामर्श समितिका सचिव शिशिर कुमार ढुंगानाले सबै व्यवसायीका सुझावलाई सम्बोधन गरिने प्रतिवद्धता जनाए । उनले कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा आन्तरिक राजश्व तथा कर कार्यालय स्थापना गर्ने काम पनि अन्तिम चरणमा पुगेको बताए । सचिव ढुंगानाले कर शिक्षालाई व्यवस्थित गराउनेतर्फ पनि आफूहरुको ध्यान जाने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा