2026-09-18 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ताप्लेजुङमा समुदायकै सक्रियतामा सडक बन्यो

वैशाख २२, ताप्लेजुङ | ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै लगानीमा सडक निर्माण शुरु गरी आफ्नो गाउँलाई यातायातको पहुँचमा पुर्याएका छन् । 

जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासीले आफ्नै लगानीबाट सडक निर्माण शुरु गरी कच्ची सडक आफ्नो गाउँसम्म पुर्याएका हुन् । 

सरकारद्धारा भइरहेको सडक निर्माणको गतिसुस्त भएको भन्दै स्थानीयवासीले शुरुमा रु एक करोड संकलन गरेर २०७२ सालदेखि सडक विस्तारको काम शुरु गरेका थिए । सिरिजंघा गाउँपालिकामा पर्ने साविकको आम्वेगु दिनको हप्पुखोलाबाट शुरु गरिएको निर्माणकार्य हाल साविककै खेवाङ गाविससम्म पुगेको छ । हप्पुखोलादेखि झण्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेस्थित बाँकेटारसम्म समुदायको लगानीमा सडकको ट्र्याक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झण्डै रु दुई करोड बढीको सहयोगमा थप बाटो निर्माण भइरहेको बताइएको छ ।

साविकका गाविस खेवाङ, शुरुम्खिम र मेहेलेबाटप्रति गाविस ३७ लाखका दरले पैसा जम्मा गरेर सडक निर्माण प्रारम्भ गरिएको आम्वेगु दिन मेहेले शुरुम्खिम, खेवाङ याम्फुदिन सडक उपभोक्ता समिति अध्यक्ष तीर्ज लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति घरपरिवारले रु पाँच हजारदेखि एक लाखसम्म सडक निर्माणका लागि दिएका छन् । 

कच्ची सडक गाउँमा पुगेसँगै ती ठाउँमा साना सवारी साधन गुड्न थालेका छन् भने स्थानीयवासीमा खुशीयाली छाएको छ । अहिले खेवाङ हुँदै याम्फु दिनसम्मको सडक निर्माणकार्य जारी रहेको छ । कञ्चनजंघा पर्यटकीय मार्ग नामाकरण गरिएको उक्त सडक मेहेले, शुरुम्खिम, खेवाङ र मामांखे हुँदै याम्फुदिनसम्म जोडिन्छ । सडक निर्माणपछि भने सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र आफूहरुको जनजीवनमा समेत परिवर्तन आउने स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई