पढ्न करिब 2 मिनेट लाग्छ

भास्कर के.सी | वैशाख २३, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा आईतबार न्यायिक समितिका पदाधिकारीको क्षमता अविवृद्धि तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । शुक्रबारबाट सञ्चालन भएको उक्त तालिममा कञ्चनपुरका न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, प्रादेशि सहयोग इकाई धनगढीको आयोजना र साझेदारी विकास परियोजन आर्थिकख सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिममा स्थानीय तहका न्यायिक समिति पदाधिकारीलाई न्याय सम्पादन सम्बन्धि विभिन्न ऐन कानुन र कार्य क्षेत्रका बारेमा जानकारी गरार्ईको छ । साथै उनिहरुको क्षमता अभिवृद्धिका लागि पनि विज्ञद्धारा प्रशिक्षण गराईएको छ । तालिम समापन पश्चात तालिमका सहभागिले सात बुदेँ प्रतिबद्धता समेत जनाएका छन ।

कानुन अनुसार सरकारका निति तथा कार्यक्रम कार्यान्वयन गर्ने, स्थानीइ तहमा आन्तरिक शुसासन कायम गर्ने, फोहर व्यवस्थापन गर्ने र लैगिक समानतालार्य आत्मसात गर्दै सामाजिक कुरुति नियतन्त्रण गर्ने प्रतिबद्धता जनाएको छन ।त्यस्तै न्यायिक कार्य सम्पादन प्रभावकारी बनाउने, वडा स्तरमा समुदायिक केलमिलाप केन्द्र स्थापना गर्ने र न्यायिक समितिका काम कारवाहिलाई प्रभावकारी बनाउने न्यायिक समितकिा पदाधिकारीले प्रतिबद्धता जनाएका छन । उक्त तालिममा प्रशासनीक पुर्नसंरचना आयोगका अध्यक्ष कासीराज दाहाल, कञ्चनपुर जिल्ला अदालतका न्यायधिस डा.राजेन्द्र अधिकारी र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको उपस्थितिमा सहभागिहरुलाई प्रशिक्षण गरिएको युएसआईडीका महेस नेपालले बताए ।

तालिममा कञ्चनपुरका जिल्ला न्यायधिस डा. राजेन्द्र आचार्यले न्यायिक समितिलाई मेलमिलाप द्वारा विवाद टुंगाउन र दुवै पक्षको जित जितको अनुभुति दिलाउन न्यायिक समिति सकृय रहनु पर्ने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले समग्र जिल्लाको शान्ती सुरक्षाको स्थिति, सेवा प्रवाहको समिक्षा गर्दे स्थानीय तहलाई आवश्यक पर्ने सहयोग उपलब्ध गर्ने प्रतिबद्धता जनाए । भिमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि शर्माले नगरपालिकाको सरसफाई र फोहर व्यवस्थापन गर्न योजना वद्ध रुपमा लाग्ने दृढता व्यक्त गरे ।

साथै वेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज जोशीले वेदकोट ताल क्षेत्रलाई धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा ६ महिना भित्र पुर्वाधारको विकास गर्ने योजना रहेको बताए । कार्यक्रममा नगर तथा गाउपालिकाका उपमेयर, उपाध्यक्ष, सदस्य तथा कर्मचारीहरुले आआफ्नो गाउ नगर क्षेत्र भित्र न्यायिक क्षेत्रमा गरेको सकरात्मक प्रयासको प्रस्तुति तथा अन्तरक्रिया समेत गरिएको थियो तालिम समापन कार्यक्रममा बोल्दै युएसएआइडिका महेश नेपालले प्रशिक्षणले गाउँ गाउँमा सरकारको पहुचका साथै निष्पक्ष रुपमा न्याय सम्पादन गर्न न्यायिक समितिका पदाधिकारीलाई सहयोग पुग्ने बताए ।