2026-09-04 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्री भिसा फ्री टिकट त भनाइ मात्रै, यसरी ठगिन्छनन् युवा

मीना घोरसाइने/वैशाख २३, काठमाडौँ | काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गर्नुभयो । हरि नामको मान्छेलाई उहाँले भेट्नु भएपछि उहाँ काठमाडौँकै रोजगारदाता कम्पनीमा पुग्नुभयो । 

कम्पनीमा पुग्नुभएको एक हप्तापछि नै उहाँको विदेश जानका लागि प्रक्रिया अघि बढाइयो । प्रक्रिया बढाएको एक महिना नबित्दै उहाँ कुवेत पुग्नुभयो । पीडित थापा भन्नुहुन्छ, “सरकारले फ्री भिसा फ्री टिकट भनेको मात्र रहेछ, रोजगारदाता कम्पनीले एक लाख ७० हजार असुलेको थियो ।” उहाँ थप्नुहुन्छ, “उताबाट राम्रो तलब र खान बस्नको सुविधा भने पनि यता न भनेको सुविधा छ न त तलब नै ।” सरकारले भनेको कुरा नीतिमा मात्र सीमित भएको गुनासो उहाँ पोख्नुहुन्छ । 

थापाजस्तै उक्त कम्पनीमा हजारौँ युवा उस्तै समस्या भोग्न बाध्य छन् । उनीहरुको समस्या सुन्ने न त कुनै आधिकारिक निकाय छ न त दूतावासमा नै गएर आफ्नो गुनासो सुनाउन सक्छन् । कसैसँग आफ्नो गुनासो सुनाए बेरोजगार बनाएर छाडिदिने गरेको गुनासो उक्त कम्पनीमा कार्यरत काभ्रेकै अर्का पीडितले बताउनुभयो । 

केही दिनअघिको घटनालाई स्मरण गर्दै उहाँले सुनाउनुभयो, “कम्पनीले वार्षिकोत्सवको आयोजना गरेको थियो, सो समारोहमा सहभागी गराइएकामध्ये दुई÷तीन जनाले कम्पनीमा आफूले भोग्नुपरेको समस्या बताउँदा कामबाटै निकालियो ।” 

कम्पनीमा काम गर्ने कामदारलाई आठ घण्टा मात्र काम लगाउने भन्ने सम्झौतापत्रमा उल्लेख भए पनि दैनिक १२ घण्टासम्म काम गराउने गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट रोजगारदाता कम्पनीले पनि मनोमानी रुपमा काम गरिरहेको गुनासोसमेत उहाँले पोख्नुभयो । हाल उक्त कम्पनीमा नेपाली, भारतीय र इजिप्टका गरी छ हजारभन्दा बढी पीडित रहेको पीडित सन्तोषले बताउनुभयो । 

सरकारले वैदेशिक रोजगारीका लागि जानेका लागि ल्याएको फ्री भिसा फ्री टिकट व्यावहारिक हुन नसक्ने वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । गुरुङ भन्नुहुन्छ, “रोजगारदाता कम्पनीका लागि सरकारले नै छुट्टै व्यवस्था ल्याए मात्र व्यावहारिक हुन सक्छ ।” 

कुनै एउटा कम्पनीले गरेको गलत कामका आधारमा सबैलाई गलत भन्न नमिल्ने उहाँले बताउनुभयो । “यदि कुनै कम्पनीले ठगी गरेको खण्डमा रोजगारदाता कम्पनीलाई खारेजसमेत गरिन्छ,” उहाँले थप्नुभयो । श्रमिकले दुःख पाउनुमा रोजगारदाता कम्पनी, श्रमिकले काम गर्ने कम्पनी र विदेशी राजदूतावास पनि जिम्मेवार हुने गरेको उहाँको ठम्याइ छ । सरकार, रोजगारदाता कम्पनी र राजदूतावास समन्वय गरेर हिँड्नु आवश्यक रहेको उहाँले बताउनुभयो । 

वैदेशिक रोजगार विभागले श्रमिकलाई ठक्ने कम्पनीलाई तीन पटकसम्म सजायको भागिदार बनाइने तर चौथोपटकमा भने खारेज गरिने विभागका प्रमुख भुवन आचार्यले बताउनुभयो । 

विभागले गर्न लागेको भावी योजनाका बारेमा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा संलग्न नेपाली एजेन्टलाई कारबाहीको दायरामा ल्याउन देशभित्रका जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानको व्यवस्था गर्न लागिएको छ ।” 

मन्त्रिपरिषद्को निर्णयअनुसार छ वटा प्रदेशमा पनि संरचना विस्तारका लागि तयारी भइरहेको छ । रोजगारदाता कम्पनी मात्र नभई श्रमिक स्वयम् पनि वैदेशिक रोजगार ठगीमा महत्वपूर्ण ठहरिन्छन् । ठगिनुको प्रमुख कारणमध्ये अशिक्षितले नजानेर र शिक्षित छिट्टै रोजगारी पाउने लालसा पनि हुन सक्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ