Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण भएको ५ महिना नपुग्दै यस्तो बन्यो अल्छेढुंगा सडक (फोटोफिचर)

२०७५, २४ बैशाख सोमबार १०:३९

चिसाङ शेर्पा/वैशाख÷२४ खोटाङ | ठेकेदारको चरम लापारवाहीले अल्छेढुंगा–अस्पताल सडकको अल्छेढुंगामा ढलानको रड जोखिमपुर्ण तवरमा बाहिर निस्किएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको घुम्तीमा आरसिसी ढलानको कमसल सिमेण्ट बालुवा बगेर बिच सडकमा रुखको जरा जसरी रड ठाडो परेको हो । निर्माण सकिएको पाँच महिना नपुग्दै सडक पासो थापेजस्तो बनेको छ ।


रुपाकोट मझुवागढी नगरपालिकाको तीनलाख लागतमा संगम निर्माण सेवाले अल्छेढुंगाको बरमुनी घुम्तीमा २० मिटर सडक आरसिसी ढलान गरेको थियो । मर्मत निर्माण समापन भई गत माघ ७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने तथा चिराचिरा हुदैं अन्ततः सडक बीचको मुख्य तीन ठाउँमा ११ वटा बढी रड ठाडो परेर अल्झीने भएको छ । 

नगरपालिकाका ईन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार बनेको भनिएको सडकका रडहरु आकासतिर फर्केर निस्किएपछि ईन्जिनियर हावादारी भएको प्रमाणित भएको छ । रड निस्केर बस तथा मोटरसाईकल चलाउन अप्ठ्यारो भएकाले हप्तादिन अघि तत्काल सुधारका लागि नगरपालिकामा रिपोर्टिङ गरिएको वडा नं. २ का वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए । वडाको बजेट र योजना नपरेको हुनाले रिपोर्टिङको काम मात्रै गरिएको छ । वडाध्यक्ष खत्रीले भने, ‘सोही रुटको अगाडी खोलाको एप्रोष ११ मिटर ढलानको पानी बस्ती पस्दा २५ घर जोखिममा परेको छ ।’

बिग्रिएको सडक निर्माण कम्पनीले पुर्ण रुपमा बनाउने शर्तमा कागज बनाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । निर्माण कम्पनीले कमसल सामग्रीमा काम गरेको स्वीकार्दै आचार्य टोलको बसपार्कमा बर्षात सिजनमा बस नजाने समयमा काम गर्नेगरी प्रक्रिया अगाडी बढिसकेको मेयर रिजालले जानकारी दिए । संगम निर्माण सेवा कम्पनी पुनः बनाउन सहमत भएको छ । उहाँले भन्नुभयो, “यदि नबनाए सम्बन्धित निर्माण कम्पनीको फर्म कालोसूचिमा राख्नेछौ ।” 

उक्त रुटको खोलामा होमपाईप वा कजवे नराखी ढलान गरीएको सडक मर्मत चरणमै विवादित थियो । बर्षातयाममा गाउभित्र भलबाढी पस्ने, घर तथा जमिन क्षती हुने भन्दै स्थानियले उक्त संरचना तत्काल सुधारको माग गरेका थिए । सडकका कारण गाउमा खोला पस्दा स्थानियहरुले बिरोध गर्दै आईरहेको छ । मुलुक संघिय संरचनामा गईसक्दा नगरपालिका आसपासमै बिकासका गतिविधिमा चरम लापारबाही हुनुले नगरपालिका आलोचित बन्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ