२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण भएको ५ महिना नपुग्दै यस्तो बन्यो अल्छेढुंगा सडक (फोटोफिचर)

२४ बैशाख २०७५, सोमबार १०:३९

चिसाङ शेर्पा/वैशाख÷२४ खोटाङ | ठेकेदारको चरम लापारवाहीले अल्छेढुंगा–अस्पताल सडकको अल्छेढुंगामा ढलानको रड जोखिमपुर्ण तवरमा बाहिर निस्किएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल अल्छेढुंगा रुटको घुम्तीमा आरसिसी ढलानको कमसल सिमेण्ट बालुवा बगेर बिच सडकमा रुखको जरा जसरी रड ठाडो परेको हो । निर्माण सकिएको पाँच महिना नपुग्दै सडक पासो थापेजस्तो बनेको छ ।


रुपाकोट मझुवागढी नगरपालिकाको तीनलाख लागतमा संगम निर्माण सेवाले अल्छेढुंगाको बरमुनी घुम्तीमा २० मिटर सडक आरसिसी ढलान गरेको थियो । मर्मत निर्माण समापन भई गत माघ ७ गतेबाट सञ्चालनमा आएको ढलान फुट्ने, उक्कने तथा चिराचिरा हुदैं अन्ततः सडक बीचको मुख्य तीन ठाउँमा ११ वटा बढी रड ठाडो परेर अल्झीने भएको छ । 

नगरपालिकाका ईन्जिनियर केशव गिरीले प्राविधिक स्टीमेट अनुसार बनेको भनिएको सडकका रडहरु आकासतिर फर्केर निस्किएपछि ईन्जिनियर हावादारी भएको प्रमाणित भएको छ । रड निस्केर बस तथा मोटरसाईकल चलाउन अप्ठ्यारो भएकाले हप्तादिन अघि तत्काल सुधारका लागि नगरपालिकामा रिपोर्टिङ गरिएको वडा नं. २ का वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए । वडाको बजेट र योजना नपरेको हुनाले रिपोर्टिङको काम मात्रै गरिएको छ । वडाध्यक्ष खत्रीले भने, ‘सोही रुटको अगाडी खोलाको एप्रोष ११ मिटर ढलानको पानी बस्ती पस्दा २५ घर जोखिममा परेको छ ।’

बिग्रिएको सडक निर्माण कम्पनीले पुर्ण रुपमा बनाउने शर्तमा कागज बनाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । निर्माण कम्पनीले कमसल सामग्रीमा काम गरेको स्वीकार्दै आचार्य टोलको बसपार्कमा बर्षात सिजनमा बस नजाने समयमा काम गर्नेगरी प्रक्रिया अगाडी बढिसकेको मेयर रिजालले जानकारी दिए । संगम निर्माण सेवा कम्पनी पुनः बनाउन सहमत भएको छ । उहाँले भन्नुभयो, “यदि नबनाए सम्बन्धित निर्माण कम्पनीको फर्म कालोसूचिमा राख्नेछौ ।” 

उक्त रुटको खोलामा होमपाईप वा कजवे नराखी ढलान गरीएको सडक मर्मत चरणमै विवादित थियो । बर्षातयाममा गाउभित्र भलबाढी पस्ने, घर तथा जमिन क्षती हुने भन्दै स्थानियले उक्त संरचना तत्काल सुधारको माग गरेका थिए । सडकका कारण गाउमा खोला पस्दा स्थानियहरुले बिरोध गर्दै आईरहेको छ । मुलुक संघिय संरचनामा गईसक्दा नगरपालिका आसपासमै बिकासका गतिविधिमा चरम लापारबाही हुनुले नगरपालिका आलोचित बन्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो