२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा मापदण्डविपरीत बालगृह सञ्चालन

२०७५, २७ बैशाख बिहीबार ०८:५१

वैशाख २७ रुकुम | रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा मापदण्ड विपरीत बालगृह सञ्चाल भइरहेको छ । नगरपालिका–१ बागबजारमा ‘नरसिङ हिमालय अनाथ’ नामको बालगृह न्यूनतम मापदण्ड पनि पुरा नगरेर सञ्चालन भइरहेको हो । बालगृह सञ्चालका लागि न्युनतम मापदण्ड पनि पुरा नगरेको जिल्ला बाल अधिकार अधिकृत मानबीर ओलीले बताउनुभयो । 

मापदण्ड पुरा गरेर बालगृह सञ्चालन गर्न मुसिकोट नगरपालिकाले पटक–पटक निर्देशन दिंदा पनि अटेर गरेको उहाँको भनाइ छ । बालगृह सञ्चालनका लागि दर्ता नै नगरेको आधारभुत भौतिक पूर्वाधार नभएको, बालबालिकालाई खुवाइने खाना गुणस्तरीय नभएको, सरसफाई तथा बसाइको राम्रो व्यवस्था नभएको उहाँको भनाइ थियो । 

साथै बालगृह कसरी सञ्चालन भएको छ र यसको आयस्रोत के हो ? 

भन्नेसमेत नखुलेको मुसिकोट नगरपालिकाकी उप–प्रमुख प्रेमकुमारी सुनार केसीले बताउनुभयो । बालगृह संञ्चालक बिवेक बुढाले आफुहरुले दिएको निर्देशनलाई पनि अटेर गरेकाले कानुनी कार्बाही गरिने अधिकृत ओलीले बताउनुभयो । 

बालगृहमा अहिले ३३ बालबालिका छन् । बालगृहमा आमाबाबु नभएका टुहुरा बालबालिकालाई राख्नुपर्ने कानूनी व्यवस्था भएपनि २९ ती बालबालिकाका आमाबाबु रहेको उहाँले जानकारी दिनुभयो । 

बालगृह सञ्चालकले यो भन्दा केहि वर्ष पहिले रुकुम पूर्वको तकसेरामा पनि मापदण्ड पुरा नगरी सञ्चालित बालगृहबाट बालबालिका जिल्ला बाहिर लैजाँदै गर्दा केहि बर्ष पहिले प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु