२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुनबिच फोनवार्ता

२०७५, २७ बैशाख बिहीबार १०:४४

वैशाख २७ वासिङटन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गर्नुभएको छ । 

उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका र उत्तर कोरिया भेटावार्ताका बारेमा फोनमा कुराकानी भएको जानकारी दिइएको छ । 

राष्ट्रपति ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनिएको छ, दक्षिण कोरियाली नेता मुनसँग मेरो लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । 

उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको बताइएको छ । आसन्न वार्ताको बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि राष्ट्रपति ट्रम्पले केही समयअघि कुराकानी गर्नुभएको थियो । 

मुनले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग भएको कुराकानी र स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्णनिशस्त्रीकरण गर्नेसम्बन्धी बिषयमा भएको सहमतिको बारे जानकारी दिनुभएको बताइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पनि आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । यस शिखर वार्ताको तयारी दुवै देशले गरेका बताएका छन् । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय