२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सिदेखि ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

२९ बैशाख २०७५, शनिबार १३:४८

वैशाख २९, काठमाडौँ | युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । 

उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवशको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ । 

विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे जानकारी गराउने तथा उद्यमशीलतामा आकर्षित गर्ने योजना छ । प्रत्येक वर्ष करिब पाँचलाख जनशक्ति श्रम बजारमा आउने भएपनि उनीहरुलाई व्यवस्थित गर्न नसकिएको अवस्थामा केन्द्रले धेरै सूचना प्रवाह गर्ने उपाध्यक्ष प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । 

यसवर्ष संघले ‘समृद्धि र सुशासनका लागि युवा अभियान’ भन्ने नारा तय गरेको छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न, स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशमा खपत बढाउन, परनिर्भरता न्यूनीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमको तयारीका लागि गृहकार्य भइरहेको उपाध्यक्ष कटुवालले जानकारी दिनुभयो । स्थापना दिवशका दिन राष्ट्रिय सभागृहमा गरिने औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको उद्घाटन गर्नहुने जनाइएको छ । 

उक्त सभामा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले मुलुकको विकासका लागि अब युवा आन्दोलनले गर्नुपर्ने कार्यबारे निर्देशन दिनुहने बताइएको छ । 

सो अवसरमा देशभरका सबै जाति तथा समुदायलाई समावेशी ढंगबाट प्रतिनिधित्व गराउने गरी उनीहरुका वेशभूषा तथा संस्कृतिलाई पनि प्रदर्शन गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान