2026-09-04 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सिदेखि ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

वैशाख २९, काठमाडौँ | युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । 

उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवशको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ । 

विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे जानकारी गराउने तथा उद्यमशीलतामा आकर्षित गर्ने योजना छ । प्रत्येक वर्ष करिब पाँचलाख जनशक्ति श्रम बजारमा आउने भएपनि उनीहरुलाई व्यवस्थित गर्न नसकिएको अवस्थामा केन्द्रले धेरै सूचना प्रवाह गर्ने उपाध्यक्ष प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । 

यसवर्ष संघले ‘समृद्धि र सुशासनका लागि युवा अभियान’ भन्ने नारा तय गरेको छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न, स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशमा खपत बढाउन, परनिर्भरता न्यूनीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमको तयारीका लागि गृहकार्य भइरहेको उपाध्यक्ष कटुवालले जानकारी दिनुभयो । स्थापना दिवशका दिन राष्ट्रिय सभागृहमा गरिने औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको उद्घाटन गर्नहुने जनाइएको छ । 

उक्त सभामा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले मुलुकको विकासका लागि अब युवा आन्दोलनले गर्नुपर्ने कार्यबारे निर्देशन दिनुहने बताइएको छ । 

सो अवसरमा देशभरका सबै जाति तथा समुदायलाई समावेशी ढंगबाट प्रतिनिधित्व गराउने गरी उनीहरुका वेशभूषा तथा संस्कृतिलाई पनि प्रदर्शन गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ