२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लामिडाडाँ विमानस्थल कालोपत्रे काम ६० प्रतिशत पूरा

३१ बैशाख २०७५, सोमबार ०७:४२

चिसाङ शेर्पा/बैशाख ३१, खोटाङ | लामिडाडाँ विमानस्थलको कालोपत्रेको काम ६० प्रतिशत सकिएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा अवस्थित जिल्लाकै पूरानो विमानस्थललाई वि.सं. २०७४ बैशाख देखी अपग्रेड गरेर कालोपत्रेको काम थालिएको हो ।


नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ९५ लाख २५ हजार २२३ रुपैयाँ लगानीमा विं सं. २०७३ कार्तिक १७ गते सम्झौता भई कालोपत्रेको काम थालिएको विमानस्थलको धावनमार्गमा सववेश राख्ने, कटिङ, फिलिङ, ग्याभिङ वाल, नालीको काम सकिएको ठेकेदार कम्पनीले जनाएको छ ।


वि.सं. २०२८ सालबाट कच्चीरुपमा सञ्चालनमा रहेको ५ सय ८० मिटर लम्बाइ विमानस्थल वाईएनएस, एसएपी र सुर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लम्बाई ५ सय २० मिटर र चौडाइ २० मिटर कालोपत्रेको काम गरिरहेको छ । 

गत माघ १६ गते  कालोपत्रे सम्पन्न हुनपर्ने विमानस्थल स्थानियको अवरोध तथा उपकरणमा आएको समस्याका कारण केही पर सरेको आयोजना इन्जिनियर शम्भु चौधरीले बताउनुभयो । पुनः दोश्रो सम्झौता म्याद थपेका छौ । उहाँले भन्नुभयो, “कसैगरी थप म्याद मितिभन्दा अगाडी काम सक्ने लक्ष्य छ ।”

गत माघ १६ गते सम्झौता म्याद गुजारेका ठेकेदार कम्पनीले ७ महिना म्याद थप गरेका छन् । ठेकेदार कम्पनीले आगामी भदौभित्र विमानस्थल कालोपत्रेको काम सक्नु पर्नेछ । अब विमानस्थलको धावनमार्गमा वेस लगाएर कालोपत्रेको काम बाँकी रहेको साईड ईन्चार्ज ज्योती श्रेष्ठले जानकारी दिनुभयो । 

कालोपत्रे गर्ने क्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलेसमेत सेवा लिँदै आएका छन् । विशेषगरी उक्त विमानस्थलले आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्याउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो