२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

३१ बैशाख २०७५, सोमबार ११:५७

वैशाख ३१ बुटवल | गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने स्थानमा राति देखिनै पहिरोका कारण अवरुद्ध सडक झन्डै १४ घण्टापछि एकतर्फी खुलेको हो । 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । 

अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग गरिएपनि ढुंगासहितको पहिरो खसेको र पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाइ भएको हो । 

पहिरो खस्न रोकिएपछि अहिले एकतर्फी रुपमा सडक सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुईतर्फी यातायात सञ्चालन हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य