2026-10-14 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका बादी समुदायको जीवनशैली फेरिँदै

जेठ १ अछाम | साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ । 

सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् । 

वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०÷५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गर्नुभएको छ भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लाग्नुभएको छ । 

बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताउनुभयो । 

“पहिलेको जस्तो मागेर खाने अवस्था छैन,” उहाँले भन्नुभयो, “पहिलेको जस्तो बिक्री हुदैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।” 

यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थाल्नुभएको छ । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उहाँ निकै खुशी हुनुहुन्छ । शान्ताको श्रीमान् बित्नु भएको सात वर्ष भयो । “श्रीमान् हुँदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहुँदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,” उहाँले भन्नुभयो– “खेतीपाती गर्नलाई जमिन छैन ।” 

जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताउनुभयो । बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हौँ” उहाँले भन्नुभयो । 

बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश