2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बढ्यो हुम्लामा पर्यटकको चहलपहल

जेठ १, हुम्ला | हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरुले नेपालगञ्ज र सुर्खेतबाट बन्दोवस्तीका सामान, हेलिकोप्टरको ईन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भरतिय पर्यटकको तिर्थ यात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ । जताततै फिक्का निला ईन्धनका ड्रम देखिन थालेका छन् । हेलिकोप्टर देखी विमानका कर्मचारी कमिलाले खाना ओसार्दा लागेको ताँती जस्तै देखिएका छन् । कोही सँग फाल्तु गफ गर्ने फुर्सद उनीहरुसँग छैन । मंसिरदेखी त्यती हतार नभएका कर्मचारीलाई खाना समेत खान फुर्सद नहुने दिनको सुरुवात भएको छ । 

हरेक वर्ष फाल्गुणबाट नै फाट्टफुट्ट बाह्य पर्यटकको आवागमन हुने भएको भएता पनि आन्तरिक पर्यटक भने बाह्रै महिना हुम्लामा आउनेक्रम रहेको छ । हवाई मार्गबाट आउनु पर्ने हुँदा महँगो यात्रा गर्नु परे पनि हुम्लामा आउने पर्यटकले भने निन्याउरो अनुहार लिएर फर्कन नपर्ने अवस्था रहेको छ । हिउँदमा हिउँले ढाकिएका सेता हिमाल, हिउँसँगको अनुभव लिएर नै फर्कने अवसर पाएका हुन्छन् भने वर्षा याम सुरु भएसँगै सुन्दर प्राकृतिक दृश्य हरेक वस्तु अर्गानिक पाउँदा पर्यटकको मन चँगा हुने गरेको छ । विमानस्थलमा हरेक दिन पर्यटकको एक समूह हुम्ला भित्रिने गरेको छ । विमान कम्पनीले पनि बाह्य पर्यटकको हवाई भाडा राम्रो दिने भएको कारण स्थानियलाई भन्दा बढी प्राथमिकता बाह्य पयर्टकलाई दिने गरेका छन् । आन्तरिक पर्यटक वा यात्रीले नेपालगञ्जबाट ११ हजारभाडा दर भएको भए पनि २२ देखी २३ हजार सम्म बाह्य पर्यटकको दर भएकै कारण पर्यटकले हवाई टिकटमा कुनै बाधा भोग्नु परेको छैन । 

माथिको तश्विरमा: हुम्लामा पर्यटकको आवागमन बढेसँगै विमानस्थलमा पर्यटकको समूह । तश्विर: रेशमराज रोकाया, साझा सबाल/हुम्ला 

चिनको पवित्र तिर्थस्थल मानसरोवर र कैलाशको दर्शन गर्नको लागि सायद हुम्ला आउने पर्यटकले र जिल्ला बाहिरका कर्मचारीले नछुटाउने ठाउँ हो । त्यहाँ जानको लागि एक मात्र सहज गेट वे हुम्ला रहेको कारण हुम्लामा पर्यटकको भिँड हुने गरेको छ । स्थानिय तथा काठमाण्डौमा रहेका ट्राभल एजेन्सीले यहाँका स्थानिय होटेलसँग सहकार्य  गर्दै हरेक वर्ष हुम्लाबाट हजारौंको तिर्थयात्रीको टेक्ने थलोको रुपमा हुम्ला विकास भएको छ । हुम्लामा पुग्नको लागि सुर्खेत र नेपालगञ्जबाट एकमात्र हवाई साधनको उपयोगले सदरमुकाम सिमिकोट पुग्ने व्यवस्था रहेको छ । सिमिकोट देखी चिन र नेपालको सिमामा रहेको हिल्सामा हेलिकोप्टरको यात्रा पछि चिनको बाटोमा गाडीको यात्राबाट मानसरोवर कैलाशको भ्रमण गर्ने अवसर धेरैलाई जुर्ने गरेको छ । केही पर्यटकले हुम्लाका उत्तरी भेगका अचाईमा रहेका हिमालमा जडिबुटी, वन्यजन्तु, प्रकृती नियाल्न र अनुसन्धान गर्नका लागि समेत विताउने गरेका छन् । 

गएको आर्थिक वर्षमा हुम्लामा भ्रमण गर्ने पर्यटक १३ हजारले भ्रमण गरेका छन् ।  जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले जानकारी दिनु भयो । हुम्लाका पर्यटकिय गन्तव्य स्थल निर्माण र विकासमा हाल स्थानिय तहले ध्यान दिन नसकेको भएता पनि यसको विकास गरी सम्वृद्ध हुम्ला निर्माणमा लाग्नु पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले बताउनु भयो । आगामी आर्थिक वर्षमा हुम्लामा मोटर बाटो र पर्यटकिय गन्तव्यस्थल निर्माणमा जोड दिनको लागि जिल्ला समन्वय समितिले सुझाव स्थानिय तहलाई सल्लाह दिने रावतले जानकारी दिनु भयो । 

हुम्लामा पर्यटकले हाल उत्तरी भेगको नाम्खा र सिमिकोट गाउँपालिकालाई बढी रोजाई रहने गरेको भएता पनि प्रचार प्रसारको कमीले अन्य स्थानमा पर्यटकलाई भित्र्याउन सकिएको छैन । सिमिकोट गाउँपालिकाको वडा नं. ४ बुराउँसे गाउँमा विकास गरिएको होमस्टेलाई पनि त्यती प्रचार प्रसार र प्रवद्र्धन गर्न सकिएमा पर्यटकलाई लोभ्याउन सकिने यहाँका जानकारहरुको भनाई रहेको छ । हुम्लामा यस पटक भने मौसम परिवर्तनको कारण वर्षा अगाडी नै सुरु हुँदा साउन महिनाको महशुस भएको धेरैको भनाई रहेको छ । वातावरण भने चिसो नै रहेको भएता पनि हाल हुम्लामा हरियाली भने ह्वात्तै बढेको छ । 

उत्तरी हिमालको खोँचमा सयौंको संख्यामा रहेका हिमताल, हिमताल आसपासका क्षेत्रमा रहेका वनस्पती, चराचुरुङ्गी, फुल यहाँको अध्ययन गर्नको लागि भने पर्यटकको राम्रो आकर्षण रहने गरेका छ । यहाँ जंगली चौंरी गाइ, कस्तुरी, घोरल र अन्य वन्यजन्तुको अवलोकन प्रत्यक्ष गर्न सकिने भएर पनि हुम्ला पर्यटकको लागि गन्तव्य स्थलको रुपमा विकास हुँदै आएको छ । उत्तरी गाउा लिमी उपत्यका, विभिन्न चैत्य तथा गुम्बा, हिमताल, सेतै हिमाल, यहाँको संस्कृती चालचलन, मन्दिर, लुकेका वास्तविकता, स्वच्छ हावापानी हुम्लाको पर्यटनका क्षेत्र हुन् । जटिबुटीको अध्ययनका लागि पनि हुम्लाको पर्यटन विकासको आधार बन्न गएको छ । सयौंको संख्यामा भएको जडिबुटीको अध्ययन गर्नको लागि पनि पर्यटकको आवागमन हुम्लामा हुने गरेको छ । लामो विदा मनाउन पैदलयात्राको क्रममा समय रमाईलो विताउनको लागि पनि हुम्ला आकर्षणको  विन्दु रहने गरेको छ । 

पर्यटकहरुको अवागमनलाई ध्यान दिएर स्थानिय स्तरमा भएको होटेलको वृत्ती विकास गर्न सकिएमा अझ बढी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । हाल सम्म हुम्लाकै स्थानियवासी पर्यटकको गाईड भएर आउनेको संख्या न्यून रहेको छ । पर्यटकसँगै समूहमा काम गर्ने कुक, सहयोगी बाहेक जनशक्ति नहुँदा अझ रोजगारीको अवस्था बढ्न सकेको छैन । स्थानिय खच्चर व्यवसायीले पनि हरेक क्याप्पको लागि सामान ढुवानी गरेवापत राम्रो आम्दानी गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल