सास । जेठ २,बर्दिया ।

जिल्ला निर्वाचन कार्यालयमा १ महिनामै २ सय १२ जना मतदाताले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुुसार २०७५ साल बैशाखदेखि शुरु गरिएको नामनामेसी संकलन तथा दर्ता तथाा अद्यावधिक कार्यक्रम अन्तर्गत जेठ १ गतेसम्मको तथ्याङ्क अनुसार जम्मा १ सय ५ जना महिला र १ सय ७ जना पुरुष गरी कूल २ सय १२ जनाको नामावली दर्ता गरिएको हो ।

यसैगरी नामावलीमा त्रुटी सच्याउनका लागि ७ जनाले तथा ठेगाना सार्नका लागि ५ जनाले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

नामावली संकलनको कार्य निर्वाचन आयोगको अर्को निर्णय नुहँदासम्म जारी रहने भएकोले आ–आफ्नो नाम दर्ताका लागि सबैमा अनुरोध समेत गरिएको छ ।

May 16, 2018
बर्दिया - BRD, समाज
थपिए २ सय १२ मतदाता : ७ ले सच्याउने ५ ले सार्ने !
By kit
2 मिनेट पढाइ