२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बाल बिवाह न्युनिकरण सम्बन्धि सचेतना नाटक प्रर्दशन

२ जेष्ठ २०७५, बुधबार ११:०१

भास्कर के.सी/जेष्ठ २ कञ्चनपुर | कञ्चनपुरको भिनपा २ उल्टाखाम स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा बाल बिवाह न्युनिकरण सम्बन्धि बिद्यालय स्तरिय सचेतना नाटक प्रर्दशन गरिएको छ । 


समाजमा महिला हिंसा बढी रहेको अबस्थामा बाल बिवाह न्युनीकरण गर्न भिमदत्त नगरपालीकाका नगर कार्यपालिकाको कार्यालय कञ्चनपुरको सहयोगमा नाटक प्रर्दशन गरिएको हो । बिद्यालयका बालबालिकाले नाटक मार्फत बाल बिवाहबाट हुने जोखिम र त्यसको बेफाईदाका बारेमा संदेश दिएका थिए । 


शिक्षक र बिद्यार्थी मार्फत समाजमा विकृतिको अन्त्य गर्न सहज हुने भएकाले बिद्यालयमा नाटक प्रर्दसन गरेको भिमदत्त नगरपालिका महिला बाल बिकास शाखा कि डम्बरा पन्तले जानकारी दिनु भयो । नाटक प्रर्दशन कार्यक्रममा भिनपा २ का वडा अध्यक्ष डम्बर कार्की प्रमुख अतिथि रहनु भएको थियो । 


उहाले बिद्यालयलाई नमुनाका रुपमा स्थापित गर्न बजेट ब्यवस्थापन गर्ने र सामाजिक कुरिति हटाउन नाटकहरु प्रर्दशन आवश्यक रहेको बताउनुभयो । समाजिक सञ्जाल मार्फत समाजमा बढदै गएको विकृति अन्त्य गर्न नाटक आवश्यक रहेको छ, विगत लामो समय देखि कञ्चनपुर जिल्लामा महिला हिंसा पुरुष हिंसाका घटनाहरु बढनुको एक मात्र कारण बाल विवाह पनि रहेकोले सो को रोकथामका लागि सचेतना मुलक नाटकहरु प्रदर्शन गरिनु पर्ने कार्यक्रममा बोल्दै पत्रकार अम्बा दत्त तिवारीले बताए थिए । 

शिक्षक मनोहर भट्ट द्धारा लिखित नाटकमा शिक्षक रमेश चन्दले निर्देशन गर्नु भएको थियो । बिद्यालयका प्राधानाध्यापक जगन्ननाथ पाण्डेयको अध्यक्षतामा प्रर्दश न गरेको उक्त कार्यक्रममा शिक्षक प्रमानन्द नाथले स्वागत मन्तव्य राखेका थिए । 

कार्यक्रमको संचालन शिक्षक लक्ष्मण जोशीले गर्नु भएको थियो । नाटक सकिए पछि बिद्यालयका बिद्यार्थीहरुले गितहरु गाएर कार्यक्रमलाई रोचक बनाएका थिए । बिद्यालय स्तरियमा समाजहुने बिकृति अन्त्य गर्न नगरपालिकाको सहयोगमा नाटक प्रर्दसन गरेको यसले सानै भए पनि बालबालिका मार्फत राम्रो संदेश गएको बिद्यालयका सुचना अधिकारी तथा सहायक प्रधानाध्यापक नवराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य