पढ्न करिब 2 मिनेट लाग्छ

भास्कर के.सी/जेष्ठ २ कञ्चनपुर | कञ्चनपुरको भिनपा २ उल्टाखाम स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा बाल बिवाह न्युनिकरण सम्बन्धि बिद्यालय स्तरिय सचेतना नाटक प्रर्दशन गरिएको छ ।

समाजमा महिला हिंसा बढी रहेको अबस्थामा बाल बिवाह न्युनीकरण गर्न भिमदत्त नगरपालीकाका नगर कार्यपालिकाको कार्यालय कञ्चनपुरको सहयोगमा नाटक प्रर्दशन गरिएको हो । बिद्यालयका बालबालिकाले नाटक मार्फत बाल बिवाहबाट हुने जोखिम र त्यसको बेफाईदाका बारेमा संदेश दिएका थिए ।

शिक्षक र बिद्यार्थी मार्फत समाजमा विकृतिको अन्त्य गर्न सहज हुने भएकाले बिद्यालयमा नाटक प्रर्दसन गरेको भिमदत्त नगरपालिका महिला बाल बिकास शाखा कि डम्बरा पन्तले जानकारी दिनु भयो । नाटक प्रर्दशन कार्यक्रममा भिनपा २ का वडा अध्यक्ष डम्बर कार्की प्रमुख अतिथि रहनु भएको थियो ।

उहाले बिद्यालयलाई नमुनाका रुपमा स्थापित गर्न बजेट ब्यवस्थापन गर्ने र सामाजिक कुरिति हटाउन नाटकहरु प्रर्दशन आवश्यक रहेको बताउनुभयो । समाजिक सञ्जाल मार्फत समाजमा बढदै गएको विकृति अन्त्य गर्न नाटक आवश्यक रहेको छ, विगत लामो समय देखि कञ्चनपुर जिल्लामा महिला हिंसा पुरुष हिंसाका घटनाहरु बढनुको एक मात्र कारण बाल विवाह पनि रहेकोले सो को रोकथामका लागि सचेतना मुलक नाटकहरु प्रदर्शन गरिनु पर्ने कार्यक्रममा बोल्दै पत्रकार अम्बा दत्त तिवारीले बताए थिए ।

शिक्षक मनोहर भट्ट द्धारा लिखित नाटकमा शिक्षक रमेश चन्दले निर्देशन गर्नु भएको थियो । बिद्यालयका प्राधानाध्यापक जगन्ननाथ पाण्डेयको अध्यक्षतामा प्रर्दश न गरेको उक्त कार्यक्रममा शिक्षक प्रमानन्द नाथले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन शिक्षक लक्ष्मण जोशीले गर्नु भएको थियो । नाटक सकिए पछि बिद्यालयका बिद्यार्थीहरुले गितहरु गाएर कार्यक्रमलाई रोचक बनाएका थिए । बिद्यालय स्तरियमा समाजहुने बिकृति अन्त्य गर्न नगरपालिकाको सहयोगमा नाटक प्रर्दसन गरेको यसले सानै भए पनि बालबालिका मार्फत राम्रो संदेश गएको बिद्यालयका सुचना अधिकारी तथा सहायक प्रधानाध्यापक नवराज भट्टले जानकारी दिए ।