Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
डोल्पा - DLP

“धामी र लामा”ले मदिरा नियन्त्रण गर्दै

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही | जेष्ठ २, डोल्पा | डोल्पा जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भुमिका खेलेका छन । संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउगाउमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका छन ।

गृह मन्त्रालयले लागु औषध अपराध बिशेष मदिरा नियन्त्रण र नियमन बिशेष अभियान देशभर ७७ वटै जिल्लामा कार्यान्वयन गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु भइ रहेका छन । बिभिन्न चरण गरि ९ वटा चरण पुरा भए पछि कारवाही गरेरै छोड्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

डोल्पामा धामी र लामाले सहजै नियन्त्रण गरेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । उनले भने सरसफाइ,जातिय छुवाछुत तथा बिभेद र मदिरा नियन्त्रणमा लामा र धामीले जनस्तरमा निकै प्रभाबकारी काम गरेका छन धामी र लामाको कुरा सहजै स्वीकार गर्छन नागरिकले ।

हिन्दु धर्मकाले धामी र बौद्ध धर्मकाले लामालाइ बिश्वास गर्ने भएकोले धामी र लामाले भनेका सबै कुराहरु मान्ने गरेको धामी हरिबहादुर शाहीले जानकारी दिए । उनले भने मदिरामात्रै होइन गलत काम गर्नेहरुलाइ सजक गराउन धर्मले काम गरेको छ किनकी धामी र लामाका कुरा कसैले काट्न सक्दैन ।

डोल्पा जिल्लामा लागुऔषधका घटना शुन्य रहेको तर मदिरा भने रोजिरोटि र संस्कारका रुपमा फष्टाउदो अबस्थामा रहेको महिला शसक्ति करण डोल्पाको अगुवा उर्मिला बिकले दावी गरिन । उलने भनि मदिराकै कारण डोल्पामा महिला हिंसाहरु बढि राखेकोले सुरक्षा नियमनमा बिशेष हेरफेर हुनुपर्छ ।

“संस्कार, धर्म र रोजीरोटिको नाममा मदिरा बिक्रि”

डोल्पा जिल्लामा धर्म,संस्कार र रोजिरोटिका रुपमा मदिरा बिक्रि बितरण हुने गरेको पाइएको छ । सबै क्षेत्रमा जोडेर घरेलु मदिराको उत्पादन र बिक्रिबितरण हुने गरेको प्रहरीले दावी गरेको छ ।

भ्रमात्मक,उत्तेजनात्मक र शिथिल्तामक गरि ३ प्रकारले मदिराको सेवान गरिने भएको कारण यस्लाइ सबै मिलेर रोक्न प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले सबैलाइ अनुरोध गरेका छन । गलत तरिकाबाट रोजिरोटि गर्ने कसैलाइ छुट नभएकोले मदिरा ऐन अनुसार कारवाही गरेरै छोड्ने डिएसपी शर्माको दावी रहेको छ ।

घरेलु मदिरालाइ जनस्तर सम्म सुचना प्रदान गरि बिभिन्न चरणबाट नियन्त्रणमा जाने हिसावले जिल्लामा लागु औषध अपराध र मदिरा नियन्त्रणमा प्रशासनले कुनै पनि कशुर बाकि नराख्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उलने भने नागरिक समाज,महिला सञ्जाल लगाउत सबै नागरिकले सहयोग गर्नुस गलत गर्नेलाइ कारवाही गर्न प्रशासन डक्मगाउदैन ।

“लागुऔषध र मदिरा मुक्त जिल्ला बनाउने प्रतिबद्धता”

सबै क्षेत्रबाट डोल्पा जिल्लामा मदिरा बढ्दो क्रममा रहेको भन्ने कुरालाइ गलत साबित गर्ने भन्दै मदिरामुक्त जिल्ला बनाउने जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले प्रतिबद्धता गरेका छन । उनका अनुसार धर्म,संस्कार र रोजिरोटिको रुपमा मदिराको ब्यावसाय गर्न नपाइने र मदिरा मुक्त जिल्ला बनाउन सबैको भुमिका रहने भएकोले हरेक नागरिकले बिशेष सहयोग रहने बताए ।

हरेक स्थानीय तह र जिल्ला सदरमुकाममा लागुऔषध र मदिराका कुनै पनि क्रियाकलापहरु हुन नदिने र नागरिकलाइ मदिराको अनुभुति पनि गर्न नदिने समन्वय प्रमुख बुढाले दावी गरे । उनले भने असम्भब भन्ने मुर्खको डायरिमा हुन्छ हामी सज्जन नागरिकमा छैन सबै मिलेर मदिरा मुक्त जिल्ला बनाउ ।

मदिराले घरेलु हिंसा बढ्दो रहे पनि सुरक्षा,महिला अधिकारकर्मिहरु र नागरिकले बिशेष भुमिका खेल्नु पर्ने नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले सुझाब दिए । उनले भने सबै भन्दा पहिले जनस्तर सम्म जनचेतना जगाउन जरुरी छ होटेल ब्यवयसायले पनि साथ दिनु पर्ने बताए ।