२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ­मुग्लिन सडक: निर्माण अन्तिम चरणमा पुग्दा पनि रोकिएन पहिरो खस्ने क्रम

२०७५, ४ जेष्ठ शुक्रबार ११:०५

नारायण ढुङ्गाना/जेठ ४ चितवन | चितवनको नारायणगढ­मुग्लिन सडकखण्डको निर्माण अन्तिम चरणमा पुगे पनि पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दो छ । सडकको भरपर्दो विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भइरहेकाले जोखिम मोलेरै पनि सवारी साधनको आवागमन भइरहेको छ । 


आज बिहान ९.३० बजे चितवनको जलबिरे नजिकै माथिबाट रुख र ढुंगासहितको पहिरो खस्दै थियो । 

पहिरो खस्दै गर्दा पनि छलेर सवारी आवतजावत गरिरहेका देखिन्थे । 

ठूला ठूला ढुंगा बाटोमा आइपुग्दा गाडीका सवारी चालक र सहचाल मिलेर पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भइरहेको छ । 

आज बिहान सो सडक यात्रा गर्दा दर्जनांै स्थानमा पहिरो खस्न लागेको देखिन्थ्यो भने कतिपय स्थानमा सडकभरी पहिरोसँग आएको ढुंगा यत्रतत्र थियो । मुख्यगरी जलबिरेदेखि कालीखोला हुँदै मुग्लिनसम्मको सडक उच्च जोखिममा छ । 

कतिबेला पहिरो खसेर मानिस र सवारी साधनलाई थिच्ने हो भन्ने चिन्तामा सवारी चालक र यात्रु छन् । 

बिहीबार पहिरो खसेर केही घण्टा अवरुद्ध भएको उक्त सडकखण्डमा गएराति ठूलो पानी परेकाले बिहानै ठाउँठाउँमा पहिरो खसिरहेका दृष्य यात्रुहरुले देखे । 

इच्छकामना– ३ लेवाटारका शिवप्रसाद शर्माले यो ठाउँमा राति ठूलो पानी परेकाले पहिरो खसेको बताउनुभयो । 

लेवाटारमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आउनुभएका शर्माले सडकयात्राका क्रममा आफैं असुरक्षित महसुस हुनुका साथै सडकका कारण व्यवसाय नै धरापमा परेको उल्लेख गर्नुभयो । 

नारायणगढबाट मुग्लिन जाँदै गर्नुभएका पर्यटन विज्ञ विश्वराज सुवेदी पनि यसैगरी पहिरो खस्दै गर्दा जलबिरे पुग्नुभयो । ‘पहिरो खस्दै छ, गाडी गुड्दै छ, आज यस्तो जोखिममा यात्रा गर्नुपर्यो, सुवेदीले भन्नुभयो, ढुंगा र रुख एकैचोरी खस्दा हामी अगाडि भएका दुईवटा कारलाई झण्डै थिचेन ।’ 

उक्त कार पहिरो खस्न थालेकाले ब्याक गरेर जोगिएको थियो । 

मुग्लिनबाट आएका गाडि पनि जोखिममा परेकाले हतारहतार गरेर पहिरो खस्दै गर्दा पनि बाटो पार भएका थिए । नारायणगढ मुग्लिन सडकको धेरै स्थानमा कालोपत्रे भए पनि भित्तो काटिएको स्थान आलै छ । त्यसैले पानी पर्दा यहाँ माथिबाट पहिरो खस्ने गर्छ । 

नारायणगढ मुग्लिन सडक आयोजनाले पहिरो रोकथामका उपाय अपनाएर विभिन्न क्षेत्रमा रुख बिरुवा रोपेको भए पनि प्रभावकारी हुनसकेको छैन । जोखिम क्षेत्रमा जाली लगाइए पनि पहिरो खसिरहेको छ । 

बर्खा नलाग्दै पहिरोको उच्च जोखिम बढेकाले मध्य बर्खामा यहाँ अझै जोखिम बढ्ने देखिएको आज सोही सडकको यात्रा गर्नुभएका चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले बताउनुभयो । उहाँसँगै चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष भोजराज कौडेल, पर्यटन संयोजक अशोक अधिकारी, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष कमल शर्मा, चितवन पर्यटन विकास समितिका सचिव सुदिप भट्टले पनि जोखिम मोलेरै यात्रा गर्नुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले वर्षासँगै जोखिम हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण