२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ­मुग्लिन सडक: निर्माण अन्तिम चरणमा पुग्दा पनि रोकिएन पहिरो खस्ने क्रम

४ जेष्ठ २०७५, शुक्रबार ११:०५

नारायण ढुङ्गाना/जेठ ४ चितवन | चितवनको नारायणगढ­मुग्लिन सडकखण्डको निर्माण अन्तिम चरणमा पुगे पनि पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दो छ । सडकको भरपर्दो विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भइरहेकाले जोखिम मोलेरै पनि सवारी साधनको आवागमन भइरहेको छ । 


आज बिहान ९.३० बजे चितवनको जलबिरे नजिकै माथिबाट रुख र ढुंगासहितको पहिरो खस्दै थियो । 

पहिरो खस्दै गर्दा पनि छलेर सवारी आवतजावत गरिरहेका देखिन्थे । 

ठूला ठूला ढुंगा बाटोमा आइपुग्दा गाडीका सवारी चालक र सहचाल मिलेर पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भइरहेको छ । 

आज बिहान सो सडक यात्रा गर्दा दर्जनांै स्थानमा पहिरो खस्न लागेको देखिन्थ्यो भने कतिपय स्थानमा सडकभरी पहिरोसँग आएको ढुंगा यत्रतत्र थियो । मुख्यगरी जलबिरेदेखि कालीखोला हुँदै मुग्लिनसम्मको सडक उच्च जोखिममा छ । 

कतिबेला पहिरो खसेर मानिस र सवारी साधनलाई थिच्ने हो भन्ने चिन्तामा सवारी चालक र यात्रु छन् । 

बिहीबार पहिरो खसेर केही घण्टा अवरुद्ध भएको उक्त सडकखण्डमा गएराति ठूलो पानी परेकाले बिहानै ठाउँठाउँमा पहिरो खसिरहेका दृष्य यात्रुहरुले देखे । 

इच्छकामना– ३ लेवाटारका शिवप्रसाद शर्माले यो ठाउँमा राति ठूलो पानी परेकाले पहिरो खसेको बताउनुभयो । 

लेवाटारमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आउनुभएका शर्माले सडकयात्राका क्रममा आफैं असुरक्षित महसुस हुनुका साथै सडकका कारण व्यवसाय नै धरापमा परेको उल्लेख गर्नुभयो । 

नारायणगढबाट मुग्लिन जाँदै गर्नुभएका पर्यटन विज्ञ विश्वराज सुवेदी पनि यसैगरी पहिरो खस्दै गर्दा जलबिरे पुग्नुभयो । ‘पहिरो खस्दै छ, गाडी गुड्दै छ, आज यस्तो जोखिममा यात्रा गर्नुपर्यो, सुवेदीले भन्नुभयो, ढुंगा र रुख एकैचोरी खस्दा हामी अगाडि भएका दुईवटा कारलाई झण्डै थिचेन ।’ 

उक्त कार पहिरो खस्न थालेकाले ब्याक गरेर जोगिएको थियो । 

मुग्लिनबाट आएका गाडि पनि जोखिममा परेकाले हतारहतार गरेर पहिरो खस्दै गर्दा पनि बाटो पार भएका थिए । नारायणगढ मुग्लिन सडकको धेरै स्थानमा कालोपत्रे भए पनि भित्तो काटिएको स्थान आलै छ । त्यसैले पानी पर्दा यहाँ माथिबाट पहिरो खस्ने गर्छ । 

नारायणगढ मुग्लिन सडक आयोजनाले पहिरो रोकथामका उपाय अपनाएर विभिन्न क्षेत्रमा रुख बिरुवा रोपेको भए पनि प्रभावकारी हुनसकेको छैन । जोखिम क्षेत्रमा जाली लगाइए पनि पहिरो खसिरहेको छ । 

बर्खा नलाग्दै पहिरोको उच्च जोखिम बढेकाले मध्य बर्खामा यहाँ अझै जोखिम बढ्ने देखिएको आज सोही सडकको यात्रा गर्नुभएका चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले बताउनुभयो । उहाँसँगै चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष भोजराज कौडेल, पर्यटन संयोजक अशोक अधिकारी, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष कमल शर्मा, चितवन पर्यटन विकास समितिका सचिव सुदिप भट्टले पनि जोखिम मोलेरै यात्रा गर्नुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले वर्षासँगै जोखिम हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल