संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तग"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महालक्ष्मी विकास बैँकद्धारा अछामका ५ जना विद्यार्थिलाई छात्रृबति प्रदान

४ जेष्ठ २०७५, शुक्रबार ११:५३

कमल रावल/जेठ ४ अछाम | महालक्ष्मी बिकास बँैक शाखा कार्यालय मंगलसेनले ५ जना विद्यार्थिलाई छात्रबृति वितरण गरेको छ । 


संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पहीलो पट्क बैँकले मंगला नेरा माध्यामिक विद्यालय प्राबिधिक तथा ब्याबसायिक शिक्षा वलिगाउमा अध्ययनरत ५ जना विद्यार्थिलाई छात्रृबति वितरण गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जेहेनदार, गरिब, अनुशासीत भित्र परेका विद्यालयमा अध्ययनरत विद्यार्थि भिम बिष्ट, समिक्षा भण्डारी, नरेश कठायत, नविन परियार र महेन्द्र बिष्टलाई प्रतिब्यक्ती ५ हजारका दरले छात्रबृति दिईएको महालक्ष्मी बिकास बँैक शाखा कार्यालय मंगलसेनका शाखा प्रबन्धक डबल बहादुर बोहराले बताउनु भयो ।


आफ्नो संस्थाको कार्य नाफा कमाउनु मात्र नभई सामाजिक उत्तरदायित्व निभाउनु भएकाले छात्रृबति वितरण गरिएको प्रबन्धक बोहराले बताउनु भयो । 

आगामि दिनमा यस्ता सामाजिक अभियानका कार्यलाई निरन्तरता दिदै जाने समेत उहाँले बताउनु भयो । विद्यालय ब्याबस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको छात्रबृति वितरण कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष झपट बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो । 

प्रमुख अतिथी रावलले छात्रबृतिको सही सदुपयोग गरि शिक्षाको गुणस्तर विद्यार्थिमा देखिनु पर्ने भनाई राखेका थिए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष हिरण्ड बहादुर बोहरा, मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख बृकेश बोगटी, मंगला आधारभुत विद्यालयका प्रअ भैरब बहादुर रावल, धुम्रलोचनी आधारभुत विद्यालयका प्रअ मोहनसिह रावल लगाएतका अतिथी रहनु भएको थियो । विद्यालयका शिक्षक हर्कजनसिह रावलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन प्रधानाध्यापक बम बहादुर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य