संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तग"/>

2026-10-14 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महालक्ष्मी विकास बैँकद्धारा अछामका ५ जना विद्यार्थिलाई छात्रृबति प्रदान

कमल रावल/जेठ ४ अछाम | महालक्ष्मी बिकास बँैक शाखा कार्यालय मंगलसेनले ५ जना विद्यार्थिलाई छात्रबृति वितरण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पहीलो पट्क बैँकले मंगला नेरा माध्यामिक विद्यालय प्राबिधिक तथा ब्याबसायिक शिक्षा वलिगाउमा अध्ययनरत ५ जना विद्यार्थिलाई छात्रृबति वितरण गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जेहेनदार, गरिब, अनुशासीत भित्र परेका विद्यालयमा अध्ययनरत विद्यार्थि भिम बिष्ट, समिक्षा भण्डारी, नरेश कठायत, नविन परियार र महेन्द्र बिष्टलाई प्रतिब्यक्ती ५ हजारका दरले छात्रबृति दिईएको महालक्ष्मी बिकास बँैक शाखा कार्यालय मंगलसेनका शाखा प्रबन्धक डबल बहादुर बोहराले बताउनु भयो ।

आफ्नो संस्थाको कार्य नाफा कमाउनु मात्र नभई सामाजिक उत्तरदायित्व निभाउनु भएकाले छात्रृबति वितरण गरिएको प्रबन्धक बोहराले बताउनु भयो । 

आगामि दिनमा यस्ता सामाजिक अभियानका कार्यलाई निरन्तरता दिदै जाने समेत उहाँले बताउनु भयो । विद्यालय ब्याबस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको छात्रबृति वितरण कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष झपट बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो । 

प्रमुख अतिथी रावलले छात्रबृतिको सही सदुपयोग गरि शिक्षाको गुणस्तर विद्यार्थिमा देखिनु पर्ने भनाई राखेका थिए । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष हिरण्ड बहादुर बोहरा, मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख बृकेश बोगटी, मंगला आधारभुत विद्यालयका प्रअ भैरब बहादुर रावल, धुम्रलोचनी आधारभुत विद्यालयका प्रअ मोहनसिह रावल लगाएतका अतिथी रहनु भएको थियो । विद्यालयका शिक्षक हर्कजनसिह रावलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन प्रधानाध्यापक बम बहादुर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश