पढ्न करिब 1 मिनेट लाग्छ

धर्मा रोकाया | जेठ ५, कञ्चनपुर | दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

भिमदत्त नगरपालिका वार्ड नं. ३ भाँसी स्थित शुक्लाफाँटा सञ्चार गृहको हलमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको हो । भि.न.पा कार्यालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शुरेन्द्र विष्टले उद्घाटन गर्नु भएको थियो ।

भिमदत्त नगरपालिका भित्र कार्यरत ३५ जना पत्रकारहरुलाई पत्रकारितको आधारभूत जानकारी लगायत महिला शसक्तिकरणका बारेमा जानकारी दिने साथै पत्रकारीताको क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले जेष्ठ ४ र ५ गते गरिएको दुई दिने तालिममा मुख्य प्रशिक्षक पत्रकारहरुको पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष तथा रेडियो महाकालीका संचालक, मानसखण्डका सम्पादक खेम भण्डारी रहनु भएको थियो भने त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यक्ष विष्णु अवस्थी, अधिवक्ता कौशिल्या ओझा, शुक्लाफाँटा एफ.एम.का स्टेशन म्यानेजर चुडामणि अर्याल तथा पत्रकार महासंघका सह–सचिव मोहन विष्ट रहनु भएको थियो ।