२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रोकिएन वैदेशिक रोगजारीमा ठगिने क्रम, दिनहुँ उजुरी बढ्दै

६ जेष्ठ २०७५, आईतवार ०८:५३

जेठ ६ नवलपरासी, । पश्चिम नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारीमा पठाउने बहानामा विभिन्न व्यक्ति ठगीमा परेको उजुरी पर्ने क्रम बढ्दो छ ।

सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा पछिल्लो चार वर्षमा झण्डै एक हजार व्यक्ति ठगिएको घटना बाहिर आएको हो ।

गत मार्च २०१४ देखि २०१८ १५ मेसम्ममा ९७६ वटा ठगिएको उजुरी दर्ता भएको छ । जसमा सबैभन्दा बढी मलेशियामा २८३, साउदीमा १६७, कतारमा १४९, युएईमा ६४, कुबेतमा ३८, आमनमा दुई, बहराइनमा तीन, नेपालमा २६० र अन्य मुलुकमा ठगिएको १० वटा उजुरी परेका छन् ।

वैदेशिक रोजगारीमा जानेलाई सीप सिकेर मात्र जान प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा ठगिएकाको पक्षमा वकालत गर्न खोलिएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्र पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा सञ्चालित छ ।

वैदेशिक रोजगारीका लागि प्रलोभनमा पारेर ठगी गरिएका ७३ वटा उजुरीमध्ये १२ वटा समाधान भएको र बाँकी अझै समाधानकै प्रक्रियामा रहेको परियोजना सहजीकरण गर्ने संस्था इन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।

उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुनु, वैदेशिक रोजगारीमा ठग्नेलाई कारबाहीको दायरामा ल्याउने कानून भनेजस्तो नहुनु, ठग्ने एजेन्टलाई सम्पर्कमा ल्याउनै मुस्किल हुनुजस्ता घटनाले ठगिएकालाई न्याय दिलाउन कठिन भएको बताइएको छ । सबैभन्दा बढी युएईमा ३० जनाको रू लाख ५७ हजार ठगी भएकामा रू२२ लाख २० हजार फिर्ता गराइएको छ ।

अधिकांश आफ्नै नातागोता, चिनेजानेका तथा छिमेकीबाट ठगिएको पाइएको जानकारी दिँदै उक्त परियोजनाका कार्यक्रम संयोजक उमा पौड्यालले पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, सम्झौता अनुसारको तलब नदिने र फ्री भिसा, फ्री टिकट भएका देशमा पनि एक डेढ लाख रुपैयाँसम्म लिएर ठग्ने क्रम धेरै देखिएको बताउनुभयो ।

देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र पारिश्रमिक भनेजस्तो नहुँदा वैदेशिक रोजगारमा जानेको युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । इन्द्रेणी सामाजिक विकास मञ्च र हेल्वेटासको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा ठगिएकाको उजुरी आउने गरे पनि ठगिएको प्रमाण कम हुने हँुदा समस्या समाधान गर्न कठिन भएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदीले बताउनुभयो ।

उक्त मञ्च र हेल्वेटासले सूचना तथा परामर्श केन्द्रबाट वैदेशिक रोजगारीमा जानेहरू नठगिउन भनी मध्यस्तकर्ताका रुपमा काम गर्दै आएको छ । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीलाई लक्षित गरी कावासोती र परासीमा सो परियोजनामा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य