२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका सिन्डिकेटधारी राम श्रेष्ठ पक्राउ

६ जेष्ठ २०७५, आईतवार १२:४६

मनोज पराजुली जेठ ६, काठमाडौं ।  मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध व्यवसाय चलाइरहेका राम श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले श्रेष्ठलाई प्रक्राउ गरेसंगै  वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायी समातिने क्रम सुरु गरेको छ ।

प्रहरीले आइतबार भीएलएको कार्यालयमा छापा हानेर श्रेष्ठलाई फक्राउ गरेको हो । उनी  पक्राऊ परेसंगे उनको कार्यालयबाट  ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।श्रेष्ठसंगै मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थासँग सम्बन्धित ४८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । अपराध अनुसन्धान विभागका प्रमुख डिआईजी धिरु बस्नेतको नेतृत्वमा परिचालित प्रहरीले ३९ वटा स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन, जीएसजी कम्पनीमा छापा मारेको हो । प्रहरीले ललितपुरबाट ४ र काठमाडौंबाट ४४ जनालाई प्रक्राउ गरेको हो ।

राम श्रेष्ठ को हुन् ?

वाइड स्पेस म्यानपावरमा सञ्चालक रहेका श्रेष्ठ हारभेष्ट मुन ट्राभलका सञ्चालक हुन् । उनले सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्दै आएका थिए ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने संकल्प लिएका थिए । उनले मलेसियमा नयाँ सरकार बने लगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन कुटनीतिक पहल गरेका थिए । मन्त्री विष्टले गत शुक्रबार मात्र वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा बिभिन्न नाममा उठाउँदै आएको शुल्क खारेज गर्ने निर्णय गरेका थिए । उक्त निर्णयसंगै श्रम मन्त्रालयले सिन्डिकेटधारी अवैधानिक धन्दा चलाउने व्यवसायीलाई पक्राऊ गरेर कारवाही गर्न गृह मन्त्रालयमा  फाइल पठाएको थियो ।

यसअघी तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महतले मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेकाहरुलाई तत्काल कारबाही गरेर सो समयसम्म उठाइएको रकमको पनि क्षतिपुर्ति दिलाउन गृह मन्त्रालयलाई पत्र काटेका थिए तर  सो पत्रलाई कसैले  जिम्मेवारी नलिई कारवाही गर्न समेत आनाकानी गर्दै आएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य