२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बसाइँसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझिदै

७ जेष्ठ २०७५, सोमबार ०८:०२

जेठ ७ अछाम | बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् । 

भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो । जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ । 

सिँचाइ अभाव र जंगली जनावरका कारणले पनि बालीनाली लगाउन नसक्दा जमिन बाँझो रहेको छ । पछिल्लो समय बसाइसराइ नै प्रमुख कारण रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख विष्णुहरि देवकोटाले बताउनुभयो । 

“जमिन बाँझै रहेपछि जिल्लामा खाद्यान्न उत्पादनमा कमी आउन थालेको छ,” उहाँले भन्नुभयो– “जिल्लामा करिब ५५ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ, दश हजार मेट्रिक टन खाद्यान्न अझै अपुग छ ।” 

बसाइ सरेर जानेले जमिन अर्कालाई जिम्मा लगाए पनि खेत बाँझै रहने गरेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा प्रायः शहरी क्षेत्रमा बसाइसराइ गर्ने गरेको साँफेबगर नगरपालिका–३ का वडाध्यक्ष कृष्ण बुढाले बताउनुभयो । 

“कोही लेकबाट बेँसीमा झरेका छन्, कोही बेँसीबाट पनि बजार क्षेत्रमा आएका छन्,” उहाँले भन्नुभयो, “कतिपय जिल्ला नै छाडेर कैलाली र कञ्चनपुर पुगेका छन्, अधिकांशले रित्तो घर र जमिन बाँझो बनाएर अन्यत्र बसोबास गर्दै आएका छन् ।” 

विदेश गएर पैसा कमाउनेले शहर बजारमा घरघडेरी जोड्ने गरेका छन् । कपितयले बालबच्चाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनका लागि पनि बसाइसराइ गर्दैआएका छन् । यसलाई कम गर्न गाउँघरमै गुणस्तरीय शिक्षा दिनु पर्ने चौरपाटी गाउँपालिकाका उपप्रमुख माया कुँवर बताउनुुहुन्छ । 

सिँचाइको अभाव, उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली, युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न नसक्नु र बसाइसराइजस्ता कारणले जिल्लामा खेतीयोग्य जमिन बाँझै रहेको हो । बसाइसराइका कारण गाउँ नै खाली हुन थालेका छन् । साँफेबगर नगरपालिका कृषि सेवा केन्द्रका नायब प्राविधिक सहायक सुरेन्द्र कँुवरका अनुसार किसान लगानी उठ्ने होकी हैन भन्ने डरले कृषि क्षेत्रमा लगानी गर्न डराउने गरेका छन् । 

“अबको केही वर्षपछि नेपाल कृषि प्रधान देश हो भन्ने कुरा हराएर जानेछ,” उहाँले भन्नुभयो । स्थानीय सरकारले कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बसाइँ सर्नेमा सम्पन्न वर्गका नागरिक बढी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य