२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा चोरीको बिगबिगी

८ जेष्ठ २०७५, मंगलवार ०२:२०

सम्राट सिंह | जेठ ८, बझाङ | जिल्लाको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गइरहेका छन । गाउँपालिका तथा नगरपालिकामा प्रहरीको गस्ती नहुँदा दैनिक चोरीका घट्नामा वृद्धि भएको हो ।

करिब ६ महिना देखि लगातार पसल, भवन निर्माण सामाग्री, लुटपाट जस्ता घट्नामा वृद्धि भइरहेको केदार स्यूँ गाउँपालिका ५ घर भएका गोरख बहादुर बोहराले बताए  । २/३ दिन बिराएर लगातार चोरीका घट्ना बढ्दा समेत चोर पत्ता नलाग्नु प्रहरीको कमजोरी भएको उनको भनाइ छ । 

केदार स्यूँ गाउँपालिकाको सिडिखोला, पाउटा, जोगी बजार र बुंगल नगरपालिकाको बिजगडा र दहबगर लगायतका ठाउँमा घेरैजसो चोरीका घट्ना बढेको स्थानियहरुको भनाइ छ । 

भौगोलिक विकटता तथा प्रहरी दरबन्दीमा समेत कमी भएका कारण जिल्लाको विकट ठाउँमा चोरी, डकैती जस्ता घट्नाहरुमा वृद्धि भइरहेको छ । 

 केहि महिना अगाडिदेखि बुंगल नगरपालिकामा चोरीका घट्नामा वृद्धि भइरेहेको स्विकार्दै प्रहरी सहायक निरिक्षक दानसिंह धामीले प्रहरीहरु दिनरात गस्ती गरिरहेको र गस्ती एक ठाउँमा भएको बेला अर्को ठाउँमा चोरी हुने गरेको र चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै