गोकुल निरौला | महाकाली सन्धीमा नबोल्नु र अरुण तेस्रोलाई राष्ट्रघात भनेर विरोध गरेपछि राष्ट्रवादी कहलीएका खड्क प्रशाद ओली दोस्रो पटक प्रधानमन्त्री हुदाँ भनौ या भरतका प्रभानमन्त्री तेस्रोपटक नेपाल आउदाँ ओलीको राष्ट्रवादनै खतरामा पर्यो ।
यसपाली छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमण आउँदा राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ । राजकिय भ्रमर्णमा दोस्रो पटक नेपाल आएका प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा सहभागीहुन आउदा गन्नेहो भने प्रधानमन्त्री भएपछि भने तेस्रो पटक नेपाल आएका हुन । मोदी प्रधानमन्त्री भएपछिको २०७१ को पहिलो भ्रमण निकै चर्चित भएको थियो । प्रधानमन्त्री मोदीले संसद्मा नेपाली भाषामा दीएको भाषणले नेपाली जनता र नेताको मन जित्यो उक्त भाषणलाई लिएर नेपालका राजनीतिज्ञ र परराष्ट्रविद्हरूले नेपाललाई भारतले हेर्ने परम्परागत दृष्टिकोण बदलिएको जस्ता प्रतिक्रिया दिएका थिए ।
तर यथार्थमा त्यस्तो हुन सकेन । भारतले २०७२ मा नेपालमा लगाएको अघोषित नाकाबन्दी, संविधानप्रतिको असन्तुष्टि मात्र नभएर मधेसी दलको नाममा आन्दोलन गराउनु, माथिल्लो कर्णालीप्रतिको उसको गिद्देनजर, नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा गर्ने गरेको व्यवहार, नेपाली उत्पादन मूलरूपमा अदुवाको निर्यातमा रोकावट, दिन दिनैजसो नेपाली भूमिमाथिको अतिक्रमणले उसको नेपालप्रति हेर्ने दृष्टिकोणमा कुनै फेरबदल भएको देखिएन । यति हुँदाहुँदै पनि यसपालिको मोदीको नेपाल भ्रमणलाई यस अघिका २ वटा भ्रमणभन्दा बढी तामझामका साथ नेपाल सरकारले श्वागत गर्यो । यो पछक भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको भ्रमर्णमा स्वागत सत्कारको लागी जनकपुरमा मात्रै दुईकरोड बिस लाख खर्च भयो ।
सरकारद्वारा जनकपुर र काठमाडौंमा मोदीको ‘नागरिक’ अभिनन्दन गर्यो । मोदीलाई जनकपुरको साँचो बुझायो । नेपाल सरकारले दिएको यति धेरै महत्वको सबैतिर चर्को विरोध हुदाहुदै पनि सरकारले टेर पुच्छर लगाएन ।
बहुप्रतिभाका धनि भारतिय प्रधानमन्त्री मोदीले नेपाल आउदाँ भाषणमा नेपाली जनतालाई खुसिपार्न सके तर भाषणमा गरेका बाचा पुरा कहीलै गरेनन् ।
यसपाली भएको राजकिय भ्रमणमा राष्ट्रवादी कहलीएको नेपालका प्रधानमन्त्री खडकप्रशाद ओलीले गरेको व्यावहारले नेपाल भारत विना कुनैपनि कामगर्न असक्षम छ भन्ने पुष्टी गरेको छ । यति मात्र होईन भारतलाई आजसम्म गोर्खा सैनिक भर्ति गरेर बाचई राख्ने नेपालमा शान्ती सुरक्ष दिन सक्दैनौ भन्दै मोदी आउदा कमाण्डौ टिमनै बोलाउनु पर्यो । यस्ले गर्दा परराष्ट्र निति र आन्तरीक सुरक्षमा समेत भारतले हस्तक्षेग गरेको मान्न सकीन्छ ।
नेपाल भ्रमर्ण आउदा प्रभानमन्त्री मोदीले पाएको स्वागत सत्कार, सुरक्ष व्यवस्था देखि पहिरनले नेपाल र भारतको सम्वन्ध अब फरब ढंगल अघि बढ्ने विश्वास देखाउनको लागी नेपालका प्रधानमन्त्री ओलीले यत्रो तामझा गरेका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रवादी नेता तथा प्रधानमन्त्री केपी सर्मा ओली ले लगाएको पहीरनले मधेशमा प्रबेस निसेध जस्तै मानिएका ओली लाई जनकपुरमा राजनितिक भाषणगर्न सजीलो परेको मात्रै हो यस्ले खोक्रो राष्ट्रवा भएको पुष्टी गरेको छ ।
भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या समाधानतर्फ बल पुग्ने देखिएको नेपाल सरकारका मन्त्रीहरुले भन्दै आएका छन । तर जनताले बुझ्नै खोजेको एउटा कुरो भारतिय प्रधानमन्त्री राजकिय भ्रमर्णमा आउदा पुरानो कुरा नभई एक बर्ष भित्र भएका घटना बिषयमा पनि समिक्ष नहुदाँ चिन्तीत भएका छन । जस्तै भारतले लगाएको अघोषीत नाका बन्दी, कञ्चनपुरमा गौबीन्द गौतमको हत्या, पर्सामा नेपाली भुभाग भारत तिर परेको विषय, दिन दिनै नाकामा हुने ज्याजती र सिमा बिवादका विषयमा कुरै नगरे सम्वन्ध सुधार हुन्छ र ? यि विषय बाहेक भारत संग नेपालको के को सम्वन्ध बिग्रेको थियो ? यस्तै यस्तै प्रस्न उठ्दै आएका छन ।
प्रधानमन्त्री मोदीले गरेको धार्मिक र पर्यटकीय स्थल जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको अवलोकन भ्रमणले धार्मिक र पर्यटकीय महत्व देखिएको छ भने राष्ट्रपति र प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वसँगको भएको भेटवार्ताले यसको राजनीतिक आयाम पनि देखिएको छ । मोदीले नेपालबाट सुरु गरेको धार्मीक राजनितिले विश्वव्यापी रुप नलेला भन्न सकीदैन । हिन्दुवादी नेता मानिने मोदीले भारतमा भईरहेको मुस्लीम हिन्दुको द्धन्द र बाबरी मस्जीतमा निर्माण गर्ने भनेको राममन्दीर स्थापनमाको हिन्दु सर्मथनका लागी पनि नेपालका बाट धार्मिक भ्रर्मण गरेको मान्न सकीन्छ ।
पुरानो व्यावहारलाई बिर्स्रर्ने हो भने भारतका राजनेता मोदीले व्यापार, पर्यटन, पारवहन, प्रविधि र परम्परामा आपसी सहकार्यका लागि जनकपुरबाट गर्नुभएको सम्बोधनले बहुआयामिक सम्बन्धलाई बोकेको त देखिन्छ । मोदीले २०७१ साल साउन १८ गते नेपाल आउँदा नेपालको संसद्लाई गरेको लामो सम्बोधनमा मोदीले चार सीको कुरा गर्दै, उनले “हिन्दुस्तानको अँध्यारो नेपालले हटाउन सक्ने” पनि बताएका थिए । यसबेलाको भ्रमणमा जनकपुरलाई एक सय करोड अनुदान दिने घोसण गरे जस्तै, सन् २०१४ मा आउदा समेत घोषण गरेका थिए । त्यसमा पशुपति यात्राको नाममा काठमाडौं—दिल्ली बस सेवा चलाउने,पर्यटकीय क्षेत्रमा दुई देशबीचमा काम गर्ने, काठमाडौं—वनारस, जनकपुर—अयोध्या र लुम्बिनी—बुद्ध गयालाई संस्कृति र इतिहासका आधारमा जोड्ने, युवा कल्याणका लागि सहयोग, आकस्मिक ऊर्जा केन्द्र निर्माण गर्ने, नेपाली सेनालाई एउटा ध्रुव (हलुका हेलिकप्टर) दिने, माटो परीक्षण गर्ने मसिन उपहार दिने, सार्क सम्मेलनभन्दा पहिला नेपाललाई भारतले ७० मेगावाट बिजुली दिने सहमति भएको थियो तर एउटा भन्नै पनै कुरा एक अर्व सहुलीयत दरको रीण खै ? यी कुनै पनि बुँदा अहिलेसम्म कार्यान्वयन भएका छैनन् । बरु संविधानका बारेमा विवाद उठाएर उसले ६ महिना अघोषित नाकाबन्दी गर्यो । त्यही समयमा चीन र भारतका बीचमा नेपालको लिपुलेक भारतको रहेको बुझाइरहने गरी सम्झौता गर्यो । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले २०७३ फागुनमा गोली हानी गोविन्द गौतमको हत्या गर्यो । नदिको दारलाई दोस लगाउदै पर्सा जिल्लामा नेपाली भुभाग आफुतिर पार्यो । यति धेरै सहमति र समस्या भएर पनि प्रतिफल नपाएको, र ओली प्रधानमन्त्री हुदाँ भएको नाकाबन्दीका बेला गरेको भाषण र अडानले राष्ट्रवादी कहलीएका नेता ओली गठबन्धनले निर्वाचनमा बहुमत पाएको हो । राष्ट्रवादी देखिएका ओलीको राजनीतिक यात्राको सुरुआत पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनबाट भएको हो । त्यही क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले २०२८ देखि २०४४ सालसम्म गिरफ्तार गरी १४ वर्ष जेल हालेको थियो ।
२०७२ साल असोज २४ गते केपी ओली पहिलो पटक प्रधानमन्त्री हुन पुगेका थिए । उक्त समयमा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो र नाकाबन्दी लगाउँदै गर्दा सुशील कोइराला प्रधानमन्त्री थिए । सेना प्रमुख राजेन्द्र क्षेत्री भारत भ्रमणमा गएको केही दिनमा नाकाबन्दी हटेपछि मात्र केपी ओली प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका थिए । अन्तराष्ट्रिय अधिकार र कानुन खिलाफ भारतले लगाएको नाकाबन्दीका विरुद्ध उनले नेपाली जनताका सामु आह्वान् गरेनन् । भूपरिवेष्ठित राष्ट्रले पाउने नेपालको सार्वभौम अधिकारको खिलाफ रहेको भारतको नाकाबन्दीविरुद्ध अन्तराष्ट्रिय अदालतमा जाने साहस गरेनन् । उनको कुनै पहलबिना फुकुवा भएको नाकाबन्दीका बाबजुद पनि उनी राष्ट्रवादी कहलाइए । मोदी प्रधानमन्त्री भएपछि केपी दुई पटक प्रधानमन्त्रीको हैसियतमा दिल्ली गएका छन् । तर राष्ट्रवादी नेताले कुनै फलदाई र विश्वासीलो काम भने गर्न सकेका छैनन् । मोदीको यो भ्रमण सिधै काठमाडौं नभएर दर्शन र पूजाको नाममा जनकपुर गए स्वागत गर्न ओली आफैँ सरिक भए । तर जनकपुरमा नेपालका प्रधानमन्त्री भन्दा बढी सम्मान र आफनत्व भारतका प्रधानमन्त्रीलाई दिएको देखियो । भारतिय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दा बाल्ने भाषा र प्रदेश नं. २ का मुख्यमन्त्रीले भारतका प्रधानमन्त्रीलाई गरेको सिकाएतले यो भ्रमण कुनै तयारी विनानै प्रभुलाई बोलाएको जस्ता भयो ।
यति मात्र नभएर सुरक्षाका नाममा भारतीय सेनाको अत्याधुनिक हेलिकप्टर र सेना पनि मोदीले भारतबाटै लिएर आए । त्यही हेलिकप्टरमा मोदी मुस्ताङ गए । भारतिय प्रधानमन्त्री मोदी र राष्ट्रवादी नेता केपी ओलीले काठमाडौंबाट नै अरूण ३ को शिलान्यास गरे । २०५२ सालमा एमालेको सरकार हुँदो अरूण ३ परियोजना यही अवस्थामा राष्ट्रघाती रहेको थियो । विगत धेरै सम्झीयौ र पढयौ भने भारतले नेपाललाई गरेका अपमानले जो सुकै नेपालीको खुन पसिना तात्नु स्वभाविकै हो । तर राष्ट्रवादी प्रधानमन्त्रीको पालामा नेपाल भ्रमर्णमा आएका भारतिय प्रधानमन्त्रीको स्वागत सत्कार, सुरक्षा व्यवस्था र समाचार संकलनमा समेत प्रत्रकारलाई निशेध लगाउदा राष्ट्रवादी सरकारका मन्त्रीहरुको सिर झुकेन र ? आफ्नै देशका राजनितिक दलहरुले विरोध गर्दा प्रहरी प्रसासन लगाउने, भारतिय मिडियालाई मन्दीरमा मोदीले पुजा गरेको टेलिभिजनमालाई देखाउदा नेपाली पत्रकारलाई फोटो खिच्न बन्देज लगाउने कार्यले राष्ट्रवादी ओलीमाथि प्रस्न उठेको छ । मन्दीरको फोटो खिच्न मनाही छ लेखिएको कुरा नेपाली पत्रकारलाई मात्र लागु हुन्छ र ? ०५२ सालको राष्ट्रघाती आरुण तेस्रो अहीले राष्ट्रको हीतमा भयो त ? यसरी आफुलाई खोक्रो भाषणमा जनतामाझ राष्ट्रवादी देखाउदै जानेहो भने भारतले नै राष्ट्रवादी ओलीको सत्ता च्युत गर्दै राजनितिक पतन गराउने छ । आफुलाई राष्ट्रवादी भन्ने ओलीले भारत संग समयमै सचेत हुन आवश्यक देखिन्छ ।