पढ्न करिब 1 मिनेट लाग्छ

सम्राट सिंह/जेठ ८ बझाङ | जिल्लाको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गइरहेका छन ।

गाउँपालिका तथा नगरपालिकामा प्रहरीको गस्ती नहुँदा दैनिक चोरीका घट्नामा वृद्द्दी भएको हो ।

करिब ६ महिना देखि लगातार पसल, भवन निर्माण सामाग्री, लुटपाट जस्ता घट्नामा वृद्द्दी भइरहेको केदार स्यूँ गाउँपालिका ५ घर भएका गोरख बहादुर बोहराले बताए । २÷ ३ दिन बिराएर लगातार चोरी का घट्ना बढ्दा समेत चोर पत्ता नलाग्नु प्रहरीको कमजोरी भएको उनको भनाइ छ ।

केदार स्यूँ गाउँपालिकाको सिडिखोला, पाउटा, जोगी बजार र बुंगल नगरपालिकाको बिजगडा र दहबगर लगायतका ठाउँमा घेरैजसो चोरीका घट्ना बढेको स्थानियहरुको भनाइ छ ।

भौगोलिक विकटता तथा प्रहरी दरबन्दीमा समेत कमी भएका कारण जिल्लाको विकट ठाउँमा चोरी,डकैती जस्ता घट्नाहरुमा बृद्घि भइरहेको छ ।

केहि महिना अगाडि देखि बुंगल नगरपालिकामा चोरीका घट्नामा बृद्घि भइरेहेको स्विकार्दै प्रहरी सहायक निरिक्षक दानसिंह धामीले प्रहरीहरु दिनरात गस्ती गरिरहेको र गस्ती एक ठाउँमा भएको बेला अर्को ठाउँमा चोरी हुने गरेको र चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको बताए ।