2026-09-04 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीले भीम छन्त्याललाई दियो यस्तो पीडा

जेठ ८ बागलुङ | कमाउने आशामा विदेशिनु भएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ । 

दुई दशक अघि उहाँले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा पर्नुभएका छन्त्याल अहिले अपाङ्गताको अवस्थामा हुनुहुन्छ । 

परिवारको लालनपालनका लागि विदेश रोज्नुभएका छन्त्याल १६ महिनाभन्दा बढी टिक्न पाएन । “कमाउने आशा तुहियो नै, उसैमाथि जीवनभर अशक्त भएर बाँच्नुपर्ने अवस्था आइलाग्यो,” उहाँले भन्नुभयो । उहाँले २०५५ सालतिर गाउँमा चर्केको राजनीतिक द्वन्द्वका कारण विदेशिन बाध्य भएको बताउनुभयो । साउदी अरब गएको १६ महिनामा निर्माणको काम गर्दा दुई तला माथिबाट खस्दा छन्त्याल घाइते हुनुभएको थियो । 

चार महिनासम्म विदेशमै उपचार गराई नेपाल फर्कनुभएका छन्त्यालको समस्या निको हुनुको सट्टा झन् चर्कदैं गयो । दुर्घटनामा परी छन्त्यालको कम्मरमुनिको भाग चोटग्रस्त भएको थियो । दुवै खुट्टा भाँचिएपछि ‘स्टिल’ राखिएको छ । साउदी अरबबाट फर्केपछि उहाँले नेपालमै अकुपञ्चर प्रविधिबाट उपचार गराउनुभएको थियो । 

केही वर्षअघिसम्म वैशाखीको साहारामा सामान्य हिँडडुल गर्ने छन्त्याल अहिले भने उभिएर हिँड्न नसक्ने हुनुभएको छ । “दुवै खुट्टा चल्न छोडे, हातले भूइँमा घिस्रिएर घर भित्रबाहिर गर्छु,” उहाँले भन्नुभयो । खुट्टा सुन्निएपछि घस्रेर हिँड्न पनि उहाँलाई कठिन हुने गरेको छ । दुर्गमको घरमा ‘ह्लिल चियर’ गुडाउन मिल्ने बाटो छैन । 

निकै कष्टप्रद अवस्थामा छन्त्यालले दैनिकी चलाइरहनुभएको छ । शौचालय जाँदा पनि उहाँ दुई हातको साहारामा जाने गर्नुभएको छ । सरकारले दिने अपाङ्गता सुरक्षा भत्ता बाहेक अरु कुनै सहयोग उहाँले पाउन सक्नुभएको छैन । घरमा श्रीमती, एक छोरी र छोरासहित बस्दै आउनुभएका छन्त्यालले सामान्य घरायसी काममा सघाउने गर्नुभएको छ । 

“खाना पकाउन सहयोग गर्छु, खुट्टा नचले पनि हातले गर्नसक्ने काममा सघाउँछु,” छन्त्यालले भन्नुभयो । उहाँकी श्रीमती भीमकुमारी स्थानीय तमानखोलाबाट गिट्टी र बालुवा निकालेर आर्थिक जोहो गर्दै आउनुभएको छ । सानो लगानीमा व्यावसायिक रुपमा कुखुरापालन पनि गर्दै आएको छन्त्यालले बताउनुभयो । 

“श्रीमान् अशक्त भएपछि घरको समस्या बढ्यो,’ छन्त्यालले भन्नुभयो, “घरखर्च चलाउन र छोराछोरी पढाउन दुःख उठाउनै प¥यो ।” छन्त्यालकी १५ वर्षीया छोरी पूजा कक्षा १० र १२ वर्षीय छोरा प्रवीण कक्षा ७ मा पढ्दै छन् । । 

कुनैबेला छन्त्याल पनि पढाइमा अब्बल हुनुहुन्थ्यो । उहाँ बोङ्गादोभानकै जनजाग्रित माविमा नौ कक्षामा प्रथम हुनुभएको थियो । पढाइभन्दा पैसा ठूलो मानेर त्यतिबेला विदेश गए पनि अहिले भने छन्त्याललाई पढाइ ठूलो लाग्ने गर्छ । नेपाली युवा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उहाँको धारणा छ । 

“मलाई जस्तो कसैलाई नपरोस्, देशमै काम गरेर खाने वातावरण बनोस्,” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ