Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को बर्खे अधिवेशन जेठ १३ देखि हुने

२०७५, ८ जेष्ठ मंगलवार १०:२९

जेठ ८ महेन्द्रनगर, धनुषा | प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो। 

प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ। 

प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति १२ बजेदेखि लागू हुनेगरी पहिलो अधिवेशन अन्त्य गरेएको थियो । प्रदेशसभा तथा सरकार सञ्चालनका लागि महत्वपूर्ण कानून निर्माण गर्न ढिलाइ भइरहेकाले जेठ १३ गतेका लागि वर्खे अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । वर्खे अधिवेशनको प्रथम बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयका उपसचिव रञ्जित यादवले जानकारी दिनुभयो । 

आगामी अधिवेशनले पहिलो अधिवेशनमा टेबुल भएका विधेयकमाथिको छलफललाई निरन्तरता दिनेछ । उक्त अवधिमा प्रदेश सरकारले पेश गरेका विभिन्न आठ वटा विधेयकमध्ये मात्र दुई वटा विधेयक पारित भएका थिए । 

प्रदेशसभा सचिवालयमा दर्ता रहेका विधेयकमा जिल्ला समन्वय समिति, नगरसभा र गाउँसभाका सदस्यले पाउने सुविधासम्बन्धी विधेयक, जिल्ला, नगर र गाउँसभा बैठक सञ्चालनसम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणीकरण विधेयक र मन्त्रिपरिषद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक छन् । 

यीबाहेक अन्य सात वटा विधेयकको मस्यौदा सरकारले टुंगो लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै