Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ ०९ गते, दिउँसो २:०६ बजे धादिङ्ग - DHG, समाज

धादिङमा सवारी दुर्घटना: १ को मृत्यु, २ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ९, मलेखु, धादिङ | </b>पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङस्थित हुग्दी खोलामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।&nbsp;<br></p><p>काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख १५६८ नंको ट्रक खोलामा दुर्घटना हुँदा ट्रकमा सवार नवलपरासी मध्यविन्दु नगरपालिका– १० वस्ने २३ वर्षीय शेरबहादुर सोमई मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । घाइते दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस</p>