2026-09-01 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

 प्रेम सुनार/जेठ–९ गुल्मी ।  गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खवर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षिय खड्गबहादुर बिकको ज्यान गएको हो । गत शुक्रवार उनको दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा ज्यान गए पनि परिवारलाई आज मात्र जानकारी  दिईएको हो ।

१५ महिना अघि दुवई उडेका बिकको घरमा अहिले एक श्रीमति मात्रै रहेकी छन्  । दिदी वहिनीको विवाह भएको र उनका दाजु रुपन्देहीमा बसाई सराई गरेका छन् । विपन्न परिवारका बिक त्यस अघि मलेशियाबाट फर्केका थिए । उनी र  बाग्लुङ्ग जलजलाकी लक्ष्मीसंग प्रेम विवाह भएको थियो ।  तिन वर्ष अघि विवाह भए पनि बढि मात्रमा विदेशको वसाई भएकोले सन्तानको रहर गर्दागर्दै उनको त्यो रहर अधुरै रहेको छ ।

माईती घर पुगेकी उनकी श्रीमति लक्ष्मी यति वेला मुर्छित बनेकी छन् । उनको शव ल्याउने प्रकृयाका लागि आफुहरु वडामा कागज पत्र तयारी गर्दै रहेको मृतकका भिनाजस रविलाल बिकले बताए । स्थानि समाज सेवी महेन्द्र बिसीका अनुसार उनि १५ महिना अघि काठमाण्डौंको  बिएस ओभरसिज म्यानपावरबाट दुवईको अलमना हाईपर सुपरमार्केटको कामदारका रुपमा  उडेका थिए ।

प्रकाश सपुतको गीत गुनगुनाउँदै आफन्त

हालै प्रकाश सपुतको ‘वोल न माया एक वचन वोल’ तिम्रै वोली छ मलाई अनमोल’ वोलको गीत उनको मृत्युको खवर संगै उनका आफन्त र छिमेकीले गुनगुनाउन थालेका छन् ।  उक्त गीतको अन्तरमा– ‘धन ल्याउँ छु भन्दै गएका थियौं उडेर आकाशमा , कस्तो भई गयौं कस्तो भई आयौं काठको वाकसमा…’ भनिए झैको  विलौना  र चित्कारमा छन बिक पत्नी लक्ष्मी पनि।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली