2026-09-13 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको मलंगवामा रहेको ब्रम्हभुमी हेल्थ केयर सेन्टरको यस्तो लापरबाही

जेठ १०, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवाका एक निजी अस्पतालका डाक्टरको गैरजिम्मेवारीपन व्यवहार तथा लापरबाहीका कारण भर्खरै जन्मेको एक नवजात शिशु जीवन मरणको संघारमा पुगेको छ । 

मलंगवा वडा – ८ मा डा.राकेश कुमार सिहले संचालन गरेको ब्रम्हभुमी हेल्थ केयर सेन्टरमा प्रसुती गराउन आएकी मुस्लिम समुदायकी एक स्थानीय महिला डिस्चार्ज हुने बेला अस्पतालको बिल बमोजिमको शुल्क मध्येबाट केही रकम बुझाउन बाँकी भएको भन्दै बच्चा जन्मेको बेलादेखि नै थप उपचारका लागि बाहिरलाने सिरियस कन्डिसनमा रहेको अवस्थामा पनि पुरा पैसा नतिरुन्जेल  तीन घण्टा सम्म रोकेर नवजात शिसुको अवस्था चिन्ताजनक स्थितीमा पुर्याएको छ ।

घटना अनुसार मलंगवा नगरपालिका वडा न-५ निवासी जुल्फेकार मिकरानीकी भाई बुहारी २५ वर्षिया किश्मत खातुनको सुत्केरी हुने समय पूरा भइ मंगलबार बिहानै  उनलाई वडा न-८ स्थित ब्रम्हभुमी हेल्थ केयर सेन्टरमा भर्ना गराइयो ।सोही दिन बच्चा पनि नर्मल अवस्थामा जन्मियो । तर बच्चाको स्वास्थ्य अवस्था हेर्दा केही खराब देखिएकोले ब्रम्हभुमी हेल्थ का संचालक समेत रहनु भएका डा.राकेश कुमार सिंहलाई बच्चाको कन्डिसनको बारेमा जानकारी गराउँदा डाक्टर म हो कि तपाईं हो ? भनी सुत्केरी महिलाका जेठाजु जुल्फेकारलाई उल्टै झपारेर पठाएका थिए । 

बच्चाको अवस्था झनझन बिग्रिदै गइरहेकोले थप उपचारको लागि भारतको सितामढी लानु पर्छ भनि पारिवारिक सल्लाह अनुसार उक्त अस्पतालबाट डिस्चार्जको लागि भन्न जाँदा डाक्टर सिहले नर्मल डिलेभरी हुँदापनि २४ हजार रुपैयाँको बिल देखाए ।तत्काल अस्पतालको पूरा खर्च दिन सक्ने अवस्था नरहेको र थप उपचारको लागि समेत खर्च लाग्ने भएकोले २४ हजार मध्ये बाट २० हजार रुपैया दिएर बाँकीको ४ हजार मेरो छोरा आएर दिनेछ भन्दा समेत डा. सिहले नमानेको र सिरियस अवस्थामा पुगिसकेका बच्चा र आमालाई लगातार तीन घण्टा सम्म रोकेर राखेको पिडित पक्षले बताएका छन् । 

यसरी उपचारको क्रममा हेल्चेक्राइ गर्ने र केही पैसाको लागि बिरामीलाई रोकेर राख्ने यस्ता डाक्टरलाई कार्यवाही गर्नुपर्ने माँग गर्दै पिडित पक्षले डा.सिह उपर आज (बुधबार )जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । जिप्रका सर्लाहीका अनुसार डा.सिंहको विरुद्धमा यस भन्दा अघि पनि पटकपटक उजुरी परिसकेको र उनको अस्पताल गैरकानुनी रुपमा संचालन भइरहेको पाइएकोले उनी उपर नेपालको प्रचलित कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाइने बताएको छ । अहिले नवजात शिसुको सितामढीमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन