सास । जेठ १०, बर्दिया ।

परिचय 

शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले निय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । जेठ १०, बर्दिया ।

परिचय 

शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले निय"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

क्यान्सरबाट यसरी बचौँ !

१० जेष्ठ २०७५, बिहीबार १५:३५

सास । जेठ १०, बर्दिया ।

परिचय 

शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्नुलाई क्यान्सर अथवा अर्वुद रोग भनिन्छ । शरीरका कोषिकाहरुलाई अनियन्त्रित रुपमा बढ्न नदिन शरीरमा भएका विभिन्न तत्वहरुले नियन्त्रण गरेर राखेको हुन्छ । कुनै कारणले यी तत्वहरुको काम गर्ने तालमेल नमिलेर फरक परेमा कोषिकाहरु अनियन्त्रित रुपमा बढ्न गई क्यान्सर अथवा अर्वुद रोग देखा पर्दछ ।


कारणहरु :

चुरोट, बिडी तमाखु सेवन

सुर्ती खैनी जस्ता सुर्तीजन्य पदार्थको सेवन 

मध्यपान र (रक्सी, वियर, जाँड, दारु)

अस्वस्थ किसिमको खानपिन (बोसो, पोलेको मासु, बासी अचार)

वायु (हावा) को प्रदुषण

किटनाशक विषादीहरुको अत्याधिक प्रयोग

संक्रमण

बंशाणुगत

लक्षण तथा चिन्हहरु

शरीरको तौल घट्नु

दिसा अनियमित हुने तथा दिशामा रगत देखिने

शरीरको कुनै भागमा गाठागुठी देखा  पर्नु

खोक्दा खकारमा रगत आउनु

महिलाहरुमा यौनाङ्गबाट अनियमित रगत बग्नु

मुखमा रातो र सेतो डाबर देखापर्नु

घाँटी, काखी तथा काछमा डल्ला देखापर्नु

स्वर ध्वत्रो हुनु

लामो समयसम्म पेट दुखिरहनु

समय समयमा पिसाब लाग्ने तथा पिसाबमा रगत देखा पर्ने

रक्त अल्पता (शरीरमा रगतको कमी)

लामो समय सम्म ज्वरो आइरहनु

रोकथाम गर्ने उपाय :

चुरोट, बिडी, तमाखुको सेवन नगर्ने

सुर्ती, खैनी, गुटखा जस्ता सुर्तीजन्य पदार्थको सेवन नगर्ने

मध्यपान (रक्सी, बियर, जाँड, दारु) को सेवन नगर्ने

अस्वस्थ किसिमको खानपिन (बोसो, पोलेको मासु, बासिअचार) नखाने

प्रसस्त मात्रामा फलपूmल, सागसब्जी स्वच्छ र सफा खाना खाने

वातावरणीय सरसफाइमा ध्यान दिने

किटनाशक विषदिहरुको अत्याधिक प्रयोग नगर्ने

संक्रमणबाट बच्ने र संक्रमण भएमा तुरुन्त उपचार गर्ने

उद्योग, कलकारखानामा काम गर्दा बिकिरण तथा औद्योगिक विषाक्त पदार्थबाट बच्ने सुरक्षाका उपायहरु अपनाउने । 

माथि उल्लेखित कुनै पनि लक्षण र चिन्ह देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा अस्पताल गई सुझाब, सल्लाह, परामर्श र उपचारका लागि सम्पर्क गर्ने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान