२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

११ जेष्ठ २०७५, शुक्रबार ०४:०८

जेठ ११, काठमाडौँ (रासस) | विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । 

साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । 

वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिनुभयो । 

“रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उहाँले भन्नुभयो । 


एपभित्र देशगत रुपमा आफूले मन परेको देशको माग कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधा सम्पर्क गर्न सकिने सम्पादक अधिकारीको भनाइ छ । 

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले वैदेशिक रोजगारले मुलुक विकासमा ठूलो योगदान पु¥याएको बताउँदै वैदेशिक कामदारलाई लक्षित गरेर एप सार्वजनिक गरेर राम्रो कामको शुरुवात भएको बताउनुभयो । “यस्ता काम सरकारी क्षेत्रबाट हुनुपर्ने हो, निजी क्षेत्रले ढिलै भएपनि राम्रो काम गरेको छ,”– उहाँले भन्नुभयो । 

वैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले यो एपले कामदार र व्यवसायीबीच पुलको काम गरेको बताउनुभयो । एप सञ्चालनका लागि चाहिने आवश्यक सूचनाबारे विभागले सहयोग गर्ने उहाँको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य