२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

महाकाली नगरपालिकाको शिक्षा नियमावलि बिरुद्ध सर्बोच्चमा मुद्धा दायर, सुनुवाइ शुक्रबार

२०७५, ११ जेष्ठ शुक्रबार १३:५०

लोकेन्द्र प्रशाद जोशी | जेठ ११, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले नगरसभा मार्फत निमार्ण गरेर लागु भइरहेको शिक्षा नियमावली २०७५ बिरुद्ध सर्बोच्च अदालतमा शुक्रबार मुद्धा दायर भएको छ । महेन्द्र नमुना माबि खलंगाका पुर्ब अध्यक्ष एबं बिगठित बिद्यालय ब्यबस्थापन समितिका सदस्य गणेश कुमार जोशीले शुक्रबार दिउँसो २:३० बजेको समयमा नगरसभाबाट पारीत नियमावली बिरुद्ध मुद्धा दायर गरेका हुन ।

महाकाली नगरपालिका, नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख र सूचना अधिकारीलाइ बिपक्षि बनाएर मुद्धा दायर गरीएको निबेदक जोशीले जानकारी दिए । उहाँका अनुसार मुद्धाको एक हप्ता पछि अर्थात अगामी शुक्रबार सुनुवाइको समय तोकिएको छ ।

महाकाली नगरपालिकाको दोस्रो नगरसभा बैठकले गत महिना गरपालीकाको शिक्षा नियमावलि २०७५ पारीत गरेर राजपत्रमा प्रकाशन भइसकेको छ । नियमावलीमा ब्यबस्था गरेअनुसार नगरपालिका भित्रका विद्यालयहरुमा जनप्रतिनिधि र राजनीतिक दलका नेतालाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेर पठाएको छ । यसअघि गठित विद्यालय व्यवस्थापन समिति भंगगर्दै जनप्रतिनिधिलाई व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेर पठाएपछि निबेदन जोशी सहित वाम गठबन्धनका नेता र शिक्षक संगठनहरुले विरोध जनाउँदै आएका थिए । नगरपालिकाले अधिकार क्षेत्र बाहिर गएर आफु अनुकूल नियमावली बनाएर विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोकेको भन्दै बिरोध भइरहेको हो ।

शिक्षा ऐन २०२९ र नियमावली २०५९ सक्रिय रहेको अवस्थामा नगरपालिकालाइ ऐन बिपरीत नियमावली बनाउँने अधिकार नभएको भन्दै नियमावली खारेजिको माग गर्दै मुद्धा दायर गरीएको जोशीले बताउँनुभयो । नगरपालीकाले निमार्ण गरेको नियमावलीको २६ को (क) मा नगरपालिकाको सम्बन्धित वडाको अध्यक्ष सदस्य, शिक्षाप्रेमी, समाजसेवी मध्येबाट नगर प्रमुखले तोकेको व्यक्ति व्यवस्थापन समिति अध्यक्ष रहने प्रावधान राखेर सोहि अनुसार ब्यबस्थापन समिति गठन गरेको छ ।

महाकाली नगरप्रमुख हंशराज भट्टले भने स्थानिय सरकार शासन सञ्चालन ऐन र प्रशासकीय कार्यबिधि नियमित गर्ने ऐनले दिएको अधिकार अनुसार नगरसभाले शिक्षा नियमावली निमार्ण गरेको बताउनुभयो । माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानिय तहले प्राप्त गरेअनुरुप नियमावलि निमार्ण गरेर कार्यान्वयनमा लगिएको भन्दै शिक्षामा राजनीति गर्न नखोजिएको उहाँको दाबी छ । नगरपालिकाले शिक्षामा सुधार गर्दै शैक्षिक नगरी बनाउँने उदेश्य बोकेको भन्दै नियमावलीमा कुनै स्वास्र्थ नरहेको प्रस्ट्याउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला