८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रिमियर लिग: आर्मी र रुपन्देही फाइनलमा भिड्दै

११ जेष्ठ २०७५, शुक्रबार १६:३०

जेठ ११, सुर्खेत | कर्णाली प्रिमियर लिग प्रतियोगितामा त्रिभुवन आर्मी क्लव र रुपन्देही ११ फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा आर्मी क्लव र रुपन्देही विजयी भएपछि फाइनलमा यि दुई टिमको प्रतिस्पर्धा हुनेछ । समुह ‘ए’ को बिजेतारुपन्देही ११ ले उपविजेता मध्यपश्चिम क्रिकेट क्लव तथा त्रिभुवन आर्मी क्लवले समुह ‘बि’ को बिजेताधनगढी क्रिकेट एकेडेमीलाई हराए पछि दुई टिम फाइलनमा प्रवेश गरेका हुन् ।

वीरेन्द्रनगर रंगशालामा यी दुवै टिमबीच शनिबार (आज) बिहान ९:३० बजे फाइनल खेल हुनेछ । शुक्रबार भएको पहिलो सेमीफाइनलमा रुपन्देही ११ ले मध्य–पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार गर्यो । रुपन्देहीको लागि  सन्दिप सुनारले सर्वाधिक ५० रन बनाउन ३० बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै बशिर अहमदले ४६ रन बनाउन विस्फोटक ब्याटिङ गर्दै मात्र १४ बलमा ५ छक्का र प्रहार गरे। शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन  बनाए।

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिमले १९.५ ओभरमा १४६ रन मात्रै बनाउन सक्यो। कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। रुपन्देहीको लागि सन्दिप सुनार र बिकाश श्रेष्ठले समान ३/३ विकेट तथा बिक्रक भुसालले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भए।

शुक्रबारको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल खडा ग¥यो । उसको लागि कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । 

यस्तै सञ्जु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लवका चन्द्र साउँद र सागर पुनले समान २÷२ विकेट लिए। १३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । उसको लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढाऐरले अविजित ६३ रन बनाउन ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। राजु रिजालले २८ रन बनाए भने  सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनाए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता