2026-10-15 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रिमियर लिग: आर्मी र रुपन्देही फाइनलमा भिड्दै

जेठ ११, सुर्खेत | कर्णाली प्रिमियर लिग प्रतियोगितामा त्रिभुवन आर्मी क्लव र रुपन्देही ११ फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा आर्मी क्लव र रुपन्देही विजयी भएपछि फाइनलमा यि दुई टिमको प्रतिस्पर्धा हुनेछ । समुह ‘ए’ को बिजेतारुपन्देही ११ ले उपविजेता मध्यपश्चिम क्रिकेट क्लव तथा त्रिभुवन आर्मी क्लवले समुह ‘बि’ को बिजेताधनगढी क्रिकेट एकेडेमीलाई हराए पछि दुई टिम फाइलनमा प्रवेश गरेका हुन् ।

वीरेन्द्रनगर रंगशालामा यी दुवै टिमबीच शनिबार (आज) बिहान ९:३० बजे फाइनल खेल हुनेछ । शुक्रबार भएको पहिलो सेमीफाइनलमा रुपन्देही ११ ले मध्य–पश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार गर्यो । रुपन्देहीको लागि  सन्दिप सुनारले सर्वाधिक ५० रन बनाउन ३० बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै बशिर अहमदले ४६ रन बनाउन विस्फोटक ब्याटिङ गर्दै मात्र १४ बलमा ५ छक्का र प्रहार गरे। शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन  बनाए।

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिमले १९.५ ओभरमा १४६ रन मात्रै बनाउन सक्यो। कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। रुपन्देहीको लागि सन्दिप सुनार र बिकाश श्रेष्ठले समान ३/३ विकेट तथा बिक्रक भुसालले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भए।

शुक्रबारको दोस्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल खडा ग¥यो । उसको लागि कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । 

यस्तै सञ्जु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लवका चन्द्र साउँद र सागर पुनले समान २÷२ विकेट लिए। १३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । उसको लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढाऐरले अविजित ६३ रन बनाउन ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। राजु रिजालले २८ रन बनाए भने  सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनाए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए