Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ १२ गते, साँझ ७:०४ बजे बाजुरा - BJR, समाज

बाजुरामा कुकुर आतंक: नौ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १२, बाजुरा | </b>बडीमालिका नगरपालिका–१ पिनालेखमा आज बिहान १० बजे बौलाहा कुकुरको टोकाइबाट नौ जना घाइते भएका छन् ।&nbsp;<br></p><p>घाइते हुनेमा बडीमालिका नगरपालिका– १ का रामचन्द्र पण्डित, पवन हमाल, दनेश हमाल, देवीदत्त पण्डित, चन्दा देवी पण्डित, प्रशान्तराज जोशी, विनिता हमाललगायत छन् । घाइते सबैको जुगाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।&nbsp;</p><p>घरमा पालेको बेलायती जातको कुकुरलाई स्थानीय बौलाहा कुकुरले टोकेपछि बौलाहा भएको सो कुकुरले स्थानीयलाई टोक्दै घाइते बनाउन थालेको घाइते प्रशान्तराज जोशीले बताउनुभयो । रासस&nbsp;</p>