२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको एक विद्यालय: जहाँ एक भारी दाउरा लगेपछि वर्षभरि खाजा

१३ जेष्ठ २०७५, आईतवार ०६:४०

जेठ १३, मलेखु, धादिङ | विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लानुभयो । 

दाउरा विद्यालयमा लगेपछि उहाँ खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उहाँका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा खुवाउने व्यवस्था गरेपछि अभिभावकले एक भारी दाउरा विद्यालयमा लानुपर्ने नियम बनाइएको छ । 

उक्त वडामा रहेको शिवशंकर आधारभूत विद्यालयमा खाजा कार्यक्रम सञ्चालित छ । १०१ विद्यार्थी भर्ना भएको विद्यालयमा हरेक अभिभावकले वर्षमा एकपटक एक भारी दाउरा लैजानुपर्छ । 

सन्तुलित भोजनअनुसार चना, फूल, चिउरा, फलफूल, गेडागुडी, मासु चिउराजस्ता दिनदिनै भिन्न खाजा विद्यालयका सबै विद्यार्थीलाई खुवाउने व्यवस्था छ । विद्यालयको खाजा कार्यक्रमपछि यसतर्फ विद्यार्थीको समेत आकर्षण बढेको विद्यालयका शिक्षक मुना लामाले बताउनुभयो । 

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले पनि निजी विद्यालयसँग प्रतिष्पर्धा गर्दै गरीबका छोराछोरी पढाउन लागिपरेको विद्यालय प्रशासनको भनाइ थियो । 

विद्यालयले कुनै शुल्क लिँदैन । भर्ना गर्दा, परीक्षा लिँदा वा महिनामा कुनै पनि बहानामा विद्यार्थीसँग पैसा नलिने तर अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने प्रतिबद्धताका साथ अघि बढेको शिक्षक लामाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य