२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दर्जनौं बस्तीमा खानेपानीको हाहाकार

१३ जेष्ठ २०७५, आईतवार ०७:५४

धनबहादुर भण्डारी/जेठ १३ डडेल्धुरा | लामो समयदेखि वर्षा नहुँदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । 

पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ । 

करीब एक हप्तादेखि खानेपानीको चरम अभाव भएपछि नगरपालिकाले जिल्ला सदरमुकामका बासिन्दालाई पानी वितरण गर्न थालेको छ । खानेपानी समस्या देखिएपछि नजीकका खोलाबाट पानी ल्याई वितरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराउनुभयो । 

फागुन–चैतदेखि नै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लाभर पानीको समस्या देखिएको छ । परशुराम नगरपालिका–७ स्थित बड्डीमलासको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो पानी भर्न समस्या भएको स्थानीयवासीको दुखेसो छ । 

बड्डीमलासमा मात्र नभई जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पनि खानेपानीको समस्या छ । मलास क्षेत्रमा रहेका पिलकोट, भूमिथला, काजीगडा, कसान, बस्न्यौटा, गौरीखान, दधिगडा, खोरिया, जामिरगडा, पुरानपानी, आइडुग्रा, सुवाखान, पल्गडी, सिमलबण्डलगायत डेढ दर्जनभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको पहाडी भेग अजयमेरु, वेलापुर चिपुर, देवल, भागेश्वर, रुपाल, अशिग्राम, मणिलेक, कोटेलीका गाउँमा पनि खानेपानीको हाहाकार शुरु भएको स्थानीयवासी बताउँछन् । 

परशुराम नगरपालिकाको चुरै क्षेत्रसँगै आलिताल गाविसअन्तर्गत चुरे क्षेत्रमा रहेका बस्तीमा समेत खानेपानीको सङ्कट देखिएको छ । आलितालका फल्लेखर्क, दोबाटा, कुजरयानीलगायत बस्तीमा समेत खानेपानीको सङ्कट उत्पन्न भइरहेको स्थानीय अगुवा रघुवीर धामीले बताउनुभयो । 

त्यसैगरी खानेपानीको मुहान मर्मत नहुँदा र पानीको मूल सुकेर जाँदा अभाव भई हाहाकार भएको रुपालदान टमटाले जानकारी दिनुभयो । बाह्र महिना प्रशस्त पानी हुने मुहानमा समेत अहिले गाग्रो पानी भर्न पनि घण्टाँै लाग्ने भएपछि चुरे क्षेत्रका बासिन्दा गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौतारिने गरेको स्थानीयवासी अंगवीर धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“डेढ घण्टा ओरालो झरेर खोरिया खोलाबाट पानी बोक्नुपर्ने अवस्था आएको छ ।” 

गाउँमा रहेका खानेपानीका पुराा मुहानलगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको आलितालका बासिन्दा नन्दसिंह विष्टले राससलाई बताउनुभयोे । मलास क्षेत्रका झण्डै दुई सय घरपरिवारका लागि खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई पानीको जोहो गर्न समस्या भएको हो । लामो समय पानी नपरेपछि जमीन सञ्चित हुन नपाएको र मुहान सुकेर जान थालेपछि समस्या आउन थालेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ । 

वर्षौ पहिले निर्माण गरिएको खानेपानीका योजना मर्मत नहुँदा पनि धेरैजसो गाउँमा खानेपानी समस्या देखिएको खानेपानी कार्यालय डडेल्धुराले जनाएको छ । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान कुवा, नौलासमेत सुकेपछि महिला तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका छन् । अत्यन्तै संवेदनशील मानिने चुरे क्षेत्रलगायत सरकारी तथा सामुदायिक वनमा वर्षेनी भइरहेको वन विनाशका कारण पानीका मुहान सुकेको स्थानीय अगुवा बताउँछन् । 

वनजङ्गल क्षेत्रमा जथाभावी सडक निर्माणले पनि पानीको मूल सुकेको स्थानीयवासीको भनाइ छ । सडक निर्माणका कार्यका लागि ठूलाठूला डोजर, स्काइभेटरजस्ता साधनको कम्पनले मूल सुकेको खानेपानी कार्यालयले जनाएको छ । समयमा नै खानेपानीका मूल संरक्षंण नगर्ने हो भने जिल्लाको उच्च पहाडी क्षेत्र महाभारत र चुरे आसपासका बस्तीसँगैं सदरमुकाम र अन्य ग्रामीण बस्तीमा अझै समस्या उत्पन्न हुने देखिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो