2026-06-16 08:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारसँग लिइएको अतिरिक्त शुल्क हटाउन मलेसियासँग आग्रह

2018-05-28

जेठ १४, काठमाडौँ | परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गर्नुभएको छ । 

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गर्नुभएको हो । त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै रु १८ हजार रकम तिर्दै आएका छन् । 

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको सन्दर्भमा मलेसियामा जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यस समस्यालाई तत्काल सम्बोधनका लागि सम्बन्धित सरकारको नेतृत्वलाई सन्देश दिन आग्रह गर्नुभएको हो । 

नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिनुभयो । 

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पुर्याउने बताउनुभएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ