2026-10-15 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण आयोजना अलपत्र पार्ने ठेकेदारको नाम गृहमन्त्रालय पुग्यो

जेठ १४, सुर्खेत | ठेकेदारको लापरवाहीले समयमै सम्पन्न नभएका सुर्खेतका योजना र ठेकेदारको तथ्याङ्क संकलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको विवरण संकलन गरेर गृहमन्त्रालयमा पठाएको हो ।

गृह मन्त्रालयले जिल्लास्थित योजना र ठेकेदारको विवरण उपलव्ध गराउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले विवरण संकलनमा तिव्रता दिएको छ । पहिलो चरणमा कार्यालयले १० जना ठेकेदारहरुको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाएको छ । आयोजनाको तथ्याङक सम्बन्धित बिषयगत कार्यालयबाट माग गरेर अध्ययन गरिरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिए । ‘गृहले जिल्लामा निर्माण जारी रहेका र अलपत्र परेका योजनासहितको पत्र माग गरेको थियो’ कार्कीले भने,–‘हामीले सोही अनुसार कारवाही अगाडी बढाएर १० जनाको विवरण पठाएका छौं ।’

सुर्खेतमा एउटै ठेकेदारले तीन र जाजरकोटको एक भवन ९ वर्षदेखी अलपत्र पारेर सम्पर्कविहिन छ । सुर्खेतस्थित जिल्ला कारागार, प्रशासनको वायेर हाउस र कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएको जिएम कस्ट्रक्सन गंगबु काठमाडौंका ठेकेदार पुरुषोत्तम मानन्धरले लिएका थिए । तर उनले विचैमा काम छाडेर सम्पर्कविहिन भएका छन् । प्रहरीको सहयोगमा काठमाडौंस्थित मानन्धरको घरमै सूचना टाँस गर्दापनि उनी सम्पर्कमा आएका छैनन् । जिएम कस्ट्रक्सनलाई कुनै छुट नदिएर कारवाही प्रक्रिया अघि बढाउने गरी पत्र पठाएको बताएका प्रमुख जिल्ला अधिकारी कार्कीले बाँकी अन्य ठेकेदारहरुले गरेको कामहरुको प्रतिवेदन विषयगत कार्यालयबाट मागिरहेको उल्लेख गरे ।

जिल्लास्थित सडक र भवन निर्माणमा ठेकेदारहरुले निर्धारित समयमै काम सम्पन्न नगरेको विवरण प्रशासनले संकलन गरेको छ । गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएपछि सम्पर्कविहिन बनेका ठेकेदारहरु निर्माण गर्न सम्पर्कमा आएको डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीमगरले जानकारी दिए । ‘गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएपछि म्याद थप गरेर सम्पर्कविहिन बनेका ठेकदारहरु सम्पर्कमा आएका छन्’ दर्लामीमगरले भने,–‘जिएम कस्ट्रक्सन बाहेक अन्यले अहिले निर्माण काम जारी राखेका छन् ।’ जिएम कन्स्ट्रक्शनले जिम्मा लिएको जाजरकोटस्थित दल्ली स्वास्थ्य चौकीको भवन पनि अपूरै छ ।

सुर्खेतमा सुर्खेत तेलपानी–भूरिगाउँ सडक खण्डको रानीघाट पुल, धुलियाविट–भेडावारी सडकको चिंगाड पुल र झिंगनी खोला पुल निर्माणको समायवधि सकिदा पनि सम्पन्न भएका छैनन् । म्याद सकिएर पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारलाइ सिधै कारवाही गरिने र जिल्लास्थित सबै स्थानीय तहहरुबाट विवरण माग गरेर कारवाही गरिने प्रशासन कार्यालयको जनाएको छ । तर सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी दिपेन्द्रबहादुर विष्टले म्याद थप गरेपनि चिंगाड र झिंगीनी खोलाको पुलको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले रानीघाटको पुलको विच पिल्लरमा समस्या आएकाले डिजाईन पुनः तयार गर्नुपर्ने भएको बताए । कार्यालयले हेर्दै आएका सबै सडक र पुलहरुको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको विष्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित