२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण आयोजना अलपत्र पार्ने ठेकेदारको नाम गृहमन्त्रालय पुग्यो

१४ जेष्ठ २०७५, सोमबार १६:०५

जेठ १४, सुर्खेत | ठेकेदारको लापरवाहीले समयमै सम्पन्न नभएका सुर्खेतका योजना र ठेकेदारको तथ्याङ्क संकलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको विवरण संकलन गरेर गृहमन्त्रालयमा पठाएको हो ।

गृह मन्त्रालयले जिल्लास्थित योजना र ठेकेदारको विवरण उपलव्ध गराउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले विवरण संकलनमा तिव्रता दिएको छ । पहिलो चरणमा कार्यालयले १० जना ठेकेदारहरुको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाएको छ । आयोजनाको तथ्याङक सम्बन्धित बिषयगत कार्यालयबाट माग गरेर अध्ययन गरिरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिए । ‘गृहले जिल्लामा निर्माण जारी रहेका र अलपत्र परेका योजनासहितको पत्र माग गरेको थियो’ कार्कीले भने,–‘हामीले सोही अनुसार कारवाही अगाडी बढाएर १० जनाको विवरण पठाएका छौं ।’

सुर्खेतमा एउटै ठेकेदारले तीन र जाजरकोटको एक भवन ९ वर्षदेखी अलपत्र पारेर सम्पर्कविहिन छ । सुर्खेतस्थित जिल्ला कारागार, प्रशासनको वायेर हाउस र कटकुवा स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएको जिएम कस्ट्रक्सन गंगबु काठमाडौंका ठेकेदार पुरुषोत्तम मानन्धरले लिएका थिए । तर उनले विचैमा काम छाडेर सम्पर्कविहिन भएका छन् । प्रहरीको सहयोगमा काठमाडौंस्थित मानन्धरको घरमै सूचना टाँस गर्दापनि उनी सम्पर्कमा आएका छैनन् । जिएम कस्ट्रक्सनलाई कुनै छुट नदिएर कारवाही प्रक्रिया अघि बढाउने गरी पत्र पठाएको बताएका प्रमुख जिल्ला अधिकारी कार्कीले बाँकी अन्य ठेकेदारहरुले गरेको कामहरुको प्रतिवेदन विषयगत कार्यालयबाट मागिरहेको उल्लेख गरे ।

जिल्लास्थित सडक र भवन निर्माणमा ठेकेदारहरुले निर्धारित समयमै काम सम्पन्न नगरेको विवरण प्रशासनले संकलन गरेको छ । गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएपछि सम्पर्कविहिन बनेका ठेकेदारहरु निर्माण गर्न सम्पर्कमा आएको डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख कमलकुमार दर्लामीमगरले जानकारी दिए । ‘गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिएपछि म्याद थप गरेर सम्पर्कविहिन बनेका ठेकदारहरु सम्पर्कमा आएका छन्’ दर्लामीमगरले भने,–‘जिएम कस्ट्रक्सन बाहेक अन्यले अहिले निर्माण काम जारी राखेका छन् ।’ जिएम कन्स्ट्रक्शनले जिम्मा लिएको जाजरकोटस्थित दल्ली स्वास्थ्य चौकीको भवन पनि अपूरै छ ।

सुर्खेतमा सुर्खेत तेलपानी–भूरिगाउँ सडक खण्डको रानीघाट पुल, धुलियाविट–भेडावारी सडकको चिंगाड पुल र झिंगनी खोला पुल निर्माणको समायवधि सकिदा पनि सम्पन्न भएका छैनन् । म्याद सकिएर पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारलाइ सिधै कारवाही गरिने र जिल्लास्थित सबै स्थानीय तहहरुबाट विवरण माग गरेर कारवाही गरिने प्रशासन कार्यालयको जनाएको छ । तर सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी दिपेन्द्रबहादुर विष्टले म्याद थप गरेपनि चिंगाड र झिंगीनी खोलाको पुलको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले रानीघाटको पुलको विच पिल्लरमा समस्या आएकाले डिजाईन पुनः तयार गर्नुपर्ने भएको बताए । कार्यालयले हेर्दै आएका सबै सडक र पुलहरुको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको विष्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य