प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मधुवन नपाको यो ऐतिहासिक काम : यसरी भयो संवभ !

१४ जेष्ठ २०७५, सोमबार १६:४८

प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ ।

तस्वीर : खगेन्द्र खनाल

पछिल्लो समय सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किरहेको र तहगत प्रधानाध्यापक नभएका विद्यालयमा शैक्षिक वातावरणमा अपेक्षित रुपमा सुधार नआएको भन्ने व्यापक चर्चा भैरहेको समयमा जिल्लाको मधुवन नगरपालिकाले भने जिल्लाका ३२ विद्यालयहरुमध्ये १५ ओटा विद्यालयमा प्रधानाध्यापक तथा विषय शिक्षकहरुको मिलान गर्दै आज २४ जना शिक्षकहरुलाई सरुवा पत्र थमाएको छ । 

नगर शिक्षा प्रमुख पुण्य प्रसाद न्यौपानेले यो यस्तो चुनौतीपूर्ण कार्य कसरी सम्पन्न गर्नुभयो भन्ने प्रश्नमा भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय निकायमा शिक्षकहरुको दरवन्दी मिलान गर्न सक्ने व्यवस्था भए अनुरुप ऐनको दफा १०२ अनुसार कार्यविधि बनाएर नगर शिक्षा समिति मार्फत मापदण्ड बनाएर नगर कार्यपालिकाको वोर्ड बैठकबाट स्वीकृत गराएर त्यसकै आधारमा सबै तहका स्थायी प्रअ तथा विषयगत दरवन्दी थपेर मिलाउने काम गरिएको हो ।’ जस अनुसार २४ जना शिक्षकहरुको विषयगत तथा वरिष्ठतमका आधारमा प्रधानाध्यापक मिलान गरिएको प्रमुख न्यौपानेले बताउनुभयो ।

मधुवन नगरपालिकाका स्रोत व्यक्ति गोकुल पोखरेलले यो कामको शुरुवात प्रअ बैठकबाट नै गरिएको हो भन्नुहुँदै नगरपालिकासँग समन्वय गरेर कार्यविधि तयार गरी ऐन निर्धारण गरेर नगर शिक्षा समिति गठन गरेर एजेण्डा राखेर सबैसँग चरणवद्ध रुपमा छलफल गर्दै यो सफलता प्राप्त भएको बताउनुभयो । ‘यसका लागि सबैको सहभागितामा कार्यदल बनाएर काम गरिएको जसमा नगरप्रमुख, नगर शिक्षा समिति, शिक्षक महासंघ, संगठन, संघबाट महत्वपूर्ण सहयोग भएको र कार्यविधिमा व्यापक छलफल गरी आवश्यक थपघट गरियो, स्रोत व्यक्ति पोखरेलले बताउनुभयो । सबैको सकारात्मक सहयोगका कारण यो काम करिब एक महिनामै सम्पन्न गरिएको र दरवन्दी मिलानको क्रममा २२ ओटा नयाँ दरवन्दी कोटाहरु सिर्जना गरेर मावि र निमावि का शिक्षकहरुलाई नगरपालिकाबाटै तलव भत्ता खाने गरी ९० लाख बजेट छुट्टयाएर व्यवस्थापन गरिएको समेत वहाँले बताउनुभयो । एउटा पनि माविमा दरवन्दी नभएकालाई ४ ओटा र निमाविमा २ ओटा दरवन्दीहरु दिइने गरी मिलान गरिरएको मधुवन नगरपालिकाका स्रोत व्यक्ति गोकुल पोखरेलले बताउनुभयो ।

मिलानको क्रममा केही अप्ठ्यारा र चुनौतीहरु भने नआएको हैन तर सबैको सहयोगले दरवन्दी मिलानको काम सफलतापूर्वक सम्पन्न भएको पोखरेलले बताउनुभयो । कहिँ कसैलाई मिलानकको क्रममा त्यस्तो केही अप्ठ्यारो आएमा पुर्नविचार गरिने समेत वहाँले बताउनुभएको छ ।

दरवन्दी मिलानको क्रममा आनन्द निमावि रातामाटेमा प्रअको नियुक्ति लिई जान लाग्नु भएका नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय ढोढरीका शिक्षक तथा नेपाल शिक्षक महास‌घ मधुवन नगर अध्यक्ष खगेन्द्र खनालले अन्य नगरपालिका तथा गाउँपालिकाले पनि यो कार्यबाट पाठ सिकेर कदम चाल्नुपर्ने औंल्याउनुभयो । वहाँ भन्नुहुन्छ, ‘मलाई के लाग्छ भने प्रत्येक शिक्षकको ५/५ वर्षमा सरुवा गर्नुपर्ने देख्छु, जसले गर्दा नयाँ नयाँ ज्ञान र अनुभवहरु हाँसिल हुँदै जान्छन् तर यहाँ घरपायक भन्दै वार्षौँदेखि एउटै विद्यालयमा काम गर्ने र त्यहीबाटै निवृत्त हुने संस्कारले गुणस्तरीयतामा पनि नकारात्मक प्रभाव परेको छ ।’

शिक्षकको दरवन्दी मिलान तथा तहगत प्रअ मिलान गर्न सफल भएकोमा मधुवन नगरपालिकालाई साझा सबाल बर्दिया परिवार हार्दिक बधाईका ज्ञापन गर्दछौँ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै