प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ ।

2026-09-14 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मधुवन नपाको यो ऐतिहासिक काम : यसरी भयो संवभ !

प्रभात सुवेदी । जेठ १४, बर्दिया ।

जिल्लाको मधुवन नगरपालिकाले २४ जना शिक्षकको सरुवा गर्दै शैक्षिक क्षेत्रमा आज ऐतिहासिक र उदाहरणीय काम गरेको छ ।

तस्वीर : खगेन्द्र खनाल

पछिल्लो समय सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किरहेको र तहगत प्रधानाध्यापक नभएका विद्यालयमा शैक्षिक वातावरणमा अपेक्षित रुपमा सुधार नआएको भन्ने व्यापक चर्चा भैरहेको समयमा जिल्लाको मधुवन नगरपालिकाले भने जिल्लाका ३२ विद्यालयहरुमध्ये १५ ओटा विद्यालयमा प्रधानाध्यापक तथा विषय शिक्षकहरुको मिलान गर्दै आज २४ जना शिक्षकहरुलाई सरुवा पत्र थमाएको छ । 

नगर शिक्षा प्रमुख पुण्य प्रसाद न्यौपानेले यो यस्तो चुनौतीपूर्ण कार्य कसरी सम्पन्न गर्नुभयो भन्ने प्रश्नमा भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय निकायमा शिक्षकहरुको दरवन्दी मिलान गर्न सक्ने व्यवस्था भए अनुरुप ऐनको दफा १०२ अनुसार कार्यविधि बनाएर नगर शिक्षा समिति मार्फत मापदण्ड बनाएर नगर कार्यपालिकाको वोर्ड बैठकबाट स्वीकृत गराएर त्यसकै आधारमा सबै तहका स्थायी प्रअ तथा विषयगत दरवन्दी थपेर मिलाउने काम गरिएको हो ।’ जस अनुसार २४ जना शिक्षकहरुको विषयगत तथा वरिष्ठतमका आधारमा प्रधानाध्यापक मिलान गरिएको प्रमुख न्यौपानेले बताउनुभयो ।

मधुवन नगरपालिकाका स्रोत व्यक्ति गोकुल पोखरेलले यो कामको शुरुवात प्रअ बैठकबाट नै गरिएको हो भन्नुहुँदै नगरपालिकासँग समन्वय गरेर कार्यविधि तयार गरी ऐन निर्धारण गरेर नगर शिक्षा समिति गठन गरेर एजेण्डा राखेर सबैसँग चरणवद्ध रुपमा छलफल गर्दै यो सफलता प्राप्त भएको बताउनुभयो । ‘यसका लागि सबैको सहभागितामा कार्यदल बनाएर काम गरिएको जसमा नगरप्रमुख, नगर शिक्षा समिति, शिक्षक महासंघ, संगठन, संघबाट महत्वपूर्ण सहयोग भएको र कार्यविधिमा व्यापक छलफल गरी आवश्यक थपघट गरियो, स्रोत व्यक्ति पोखरेलले बताउनुभयो । सबैको सकारात्मक सहयोगका कारण यो काम करिब एक महिनामै सम्पन्न गरिएको र दरवन्दी मिलानको क्रममा २२ ओटा नयाँ दरवन्दी कोटाहरु सिर्जना गरेर मावि र निमावि का शिक्षकहरुलाई नगरपालिकाबाटै तलव भत्ता खाने गरी ९० लाख बजेट छुट्टयाएर व्यवस्थापन गरिएको समेत वहाँले बताउनुभयो । एउटा पनि माविमा दरवन्दी नभएकालाई ४ ओटा र निमाविमा २ ओटा दरवन्दीहरु दिइने गरी मिलान गरिरएको मधुवन नगरपालिकाका स्रोत व्यक्ति गोकुल पोखरेलले बताउनुभयो ।

मिलानको क्रममा केही अप्ठ्यारा र चुनौतीहरु भने नआएको हैन तर सबैको सहयोगले दरवन्दी मिलानको काम सफलतापूर्वक सम्पन्न भएको पोखरेलले बताउनुभयो । कहिँ कसैलाई मिलानकको क्रममा त्यस्तो केही अप्ठ्यारो आएमा पुर्नविचार गरिने समेत वहाँले बताउनुभएको छ ।

दरवन्दी मिलानको क्रममा आनन्द निमावि रातामाटेमा प्रअको नियुक्ति लिई जान लाग्नु भएका नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय ढोढरीका शिक्षक तथा नेपाल शिक्षक महास‌घ मधुवन नगर अध्यक्ष खगेन्द्र खनालले अन्य नगरपालिका तथा गाउँपालिकाले पनि यो कार्यबाट पाठ सिकेर कदम चाल्नुपर्ने औंल्याउनुभयो । वहाँ भन्नुहुन्छ, ‘मलाई के लाग्छ भने प्रत्येक शिक्षकको ५/५ वर्षमा सरुवा गर्नुपर्ने देख्छु, जसले गर्दा नयाँ नयाँ ज्ञान र अनुभवहरु हाँसिल हुँदै जान्छन् तर यहाँ घरपायक भन्दै वार्षौँदेखि एउटै विद्यालयमा काम गर्ने र त्यहीबाटै निवृत्त हुने संस्कारले गुणस्तरीयतामा पनि नकारात्मक प्रभाव परेको छ ।’

शिक्षकको दरवन्दी मिलान तथा तहगत प्रअ मिलान गर्न सफल भएकोमा मधुवन नगरपालिकालाई साझा सबाल बर्दिया परिवार हार्दिक बधाईका ज्ञापन गर्दछौँ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले