२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका अपांगता भएकाहरुले यसरी पाए नयाँ जीवन

१६ जेष्ठ २०७५, बुधबार ०७:३३

कविता उपाध्याय/जेठ १६, रोल्पा | साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो । 

कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्रबाहिर गर्नसमेत असहज हुने गर्थ्यो । साथीभाइ हिँडडुल गरेको देख्दा कहिलेकाहीँ उनीमा आफ्नो पनि खुट्टा नपोलिएको भए संसार घुम्थेँ भन्ने रहर पलाउँथ्यो त कहिलेकाहीँ जीवनदेखि नै नैराश्यता उत्पन्न हुन्थ्यो । “खुट्टा हुनेका लागि सामान्य कुरा होला, तर जस्को खुट्टा छैन, उसको संसार छैन,” उनले भनिन् । 

तर अब मैती आफ्नै खुट्टाले हिँडडुल गर्नसक्ने भएकी छिन् । 

यही २०७४ जेठ ५ देखि १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको कार्यक्रममा अपांगता भएका व्यक्तिका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सम्पन्न भयो । शिविरमा ४८३ जनाले सेवा लिए । यसरी सेवा लिने क्रममा मैतीले कृत्रिम खुट्टा पाएपछि उनी निकै हर्षित भएकी छिन् । अहिले उनले नयाँ जीवन पाएको अनुभूति गरिराखेको उनका साथीहरुले समेत बताएका छन् । 

यसरी रोल्पाको होलेरी प्राथमिक उपचार केन्द्रमा २०७५ जेठ ५ गते, बागमारा इरिवाङमा जेठ ७ गते, खरिबोट स्वास्थ्यचौकी कुरेलीमा जेठ ८ गते, जिल्ला अस्पताल, रेउघामा जेठ ९ गते र सुलिचौर प्राथमिक उपचार केन्द्रमा जेठ १० गते अपांगतासम्बन्धी शिविर सञ्चालन भएको थियो । 

गत मंसिर २८ गते सम्पन्न अपांगता शिविरबाट परीक्षण गराएकाका लागि फलोअप शिविर तथा सहायक सामग्री प्रदान र नयाँका लागि परीक्षण गरिएको मानवअधिकार सचेतना केन्द्र (हुरेक) रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताउनुभयो । 

उहाँका अनुसार जिल्ला समन्वय समिति रोल्पा र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा रोल्पा नगरपालिका तथा जिल्लाका नौवटै गाउँपालिकाको सहयोग तथा व्यवस्थापनमा, सेभ द चिल्ड्रेन, मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पा, अपांग समाज कल्याण समाजको संयोजन र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा अपांगताका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सञ्चालन सम्पन्न भएको हो । 

यसरी ४८३ जना अपांगतासम्बन्धी समस्या भएका व्यक्तिको जाँच गरेकोमा शिविरमा १५३ जना व्यक्तिमा शारीरिक अपांगता पहिचान भएको छ । तीमध्ये ११७ जनाको कृत्रिम सहायक सामग्री राख्नुपर्ने भएको छ भने आधाभन्दा बढीको सहायक सामग्री वितरण गरिएको छ । 

यस्तै, अपांगता शिविरबाट माडी गाउँपालिका–१ घर्तीगाउँकी ११ वर्षीया लिला परियारले पनि गुमाएको खुट्टाको साटो कृत्रिम खुट्टा राखेपछि खुशी व्यक्त गरिन् । मैतीजस्तै लिला पनि यतिबेला निकै खुशी भएकी छिन् । उनले पनि अब सामान्य हिँडडुल गर्नका लागि कसैको सहायता लिनु नपर्ने भएको छ । आफ्नै गाउँ ठाउँमा निःशुल्क रुपमा यस्ता सामग्री पाउँदा केही भएपनि पीडा बिर्सेकी छु उनले भनिन् । 

आफ्नो गाउँघरमै पहिलोपटक शिविर सञ्चालन गरेर अपांगता भएका व्यक्तिलाई राहत दिएको भन्दै स्थानीयवासी निकै हर्षित भएका छन् । उनीहरुले आयोजकसँग आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । 

लामो समयदेखि शारीरिक अपांगता भएकै कारण कष्टपूर्ण जीवन बिताइरहेका बिरामीले जिल्लामै सेवा लिन पाउँदा आफूहरु निकै हर्षित भएको बताएका छन् । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रका टेक्निकल म्यानेजर हितेष न्यौपानेका अनुसार शारीरिक अपांगतासम्बन्धी १५३ जना, नाक, कान, घाँटीसम्बन्धी १५४ जना, आँखासम्बन्धी १५३ जना र २३ जनालाई बौद्धिक अपांगतासम्बन्धी समस्या रहेका व्यक्ति शिविरमा परीक्षण गराएका थिए । 

शिविरमा विभिन्न समस्या भएका २७३ जना बालबालिकाको जाँच भएको छ । शारीरिक अपांगता भई जीवन जीउनसमेत जोखिम रहेका व्यक्तिले कृत्रिम सहायक सामग्री पाउँदा खुशी व्यक्ति गरेका छन् । 

शिविर समापन तथा समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, रोल्पाका प्रमुख राजबहादुर बूढाले अपांगता भएका व्यक्तिको जीवन निर्वाह सहज बनाउन स्थानीय सरकारले समेत आगामी दिनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुक संघीयतामा गएपछि स्थानीय स्तरमै अपांगता भएका बालबालिकाले शिक्षा लिन पाउने अवसरको सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

यस्तै, कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पामा समेट्न नसकिएका अपांगता भएका व्यक्तिको लागि आगामी दिनमा थप शिविरको आयोजना गर्न सहयोग गर्ने बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य