2026-09-14 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चुरे दोहनले तराईका उर्बराभुमि क्षयिकरण हुँदै

भाष्कर केसी/जेठ १७, कञ्चनपुर | मानविय कृयाकलापका कारण चुरे क्षेत्रमा भईरहेको दोहनका कारण तराईको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे क्षेत्र भएर बग्ने खोला तथा नदीनालाका कारण तराईको उर्बरा भूमि क्षयिकरण हुन लागेको हो । 

उत्तरबाट दक्षिणतिर बग्ने कञ्चनपुरका विभिन्न खोला नालाका कारण यस जिल्लाको उर्बराभूमि कटानी मात्र नभई क्षयिकरण भईरहेको छ । महाकाली, दोदा, सुनबरा, स्याली, खन्यखोला, झर्नाखोला लगायतका साना ठुला नदी नालाले कञ्चनपुरको उर्बराभूमी क्षयिकरण गर्दा पनि सरकारी निकायबाट रोकथामका लागि दिर्घकालिन कुनैपनि काम अघि बढ्न सकेका छैनन् । ठुला नदीमा तटबन्ध र साना खोलानालामा जारजाली बेर्न त्यो पनि कमिसनै कमिसनका कारण कञ्चनपुरको खोलानालाबाट हुने क्षतिरोक्ने कार्यक्रम निष्प्रभावित भएको छ । अब बर्षात आउँन दुई साता मात्रै बाँकी छन् । 

खोलानदीबाट पीडित किसान चिन्तित हुनुपर्ने दिन नजिकै पुगिसके । महाकाली नदीबाट सुकुमबासी बनेका भीमदत्त नगरपालिका–!! भुजेलाका रैने सुनारले महाकाली नदिमा उचित तटबन्ध निर्माण नभएका कारण यस बर्षको बर्षातमा पनि कटानी हुने चिन्ता व्यक्त गर्नुभयो । ‘पारी छिमेकी भारतीयले बलियो बाँध निर्माण गरेका छन्, ‘उनले भने, ‘हाम्राले कमिसन खान मात्रै जानेका छन्, कमिसनकै कारण आज महाकालीले नेपालतिर बढि कटानी गरेको छ ।

उत्तरी चुरे क्षेत्रको खन्याखोलाका कारण भीमदत्त नगरपालिकाका बस्ती जोखिमा परेका छन् । स्थानीयले पटक पटक खोलामा पक्की तटबन्ध निर्माणका लागि माग गरेपनि सरकारी निकायबाट कुनै पहल नभएको गुनासो पोखेका छन् । चौधर नदीको कटानीका कारण मारमा परेका बेदकोट र बेल्डाँडीका स्थानीयले पनि कटानी रोक्न प्रभावकारी कार्यक्रम नभएका कारण फेरीपनि यसबर्ष विस्थापित हुने चिन्ता व्यक्त गरे । 

बेदकोट नगरपालिका–४ बैतडाकी जमुना सुनारले )६५ सालमा आएको वाढिले खेत बगाएको बताउदै फेरीपनि बलियो तटबन्ध निर्माण नभएका कारण कटानी हुने चिन्ता व्यक्त गरिन् । चुरे भएर बग्ने झर्नाखोलाले बेलौरी बेल्डाँडीको उर्बराभूमी कटानी पटानी गर्दै आएको छ । 

बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिका ( को उचोभाग कटानी र तल्लोभाग पटानीका कारण बालुवामा परिणत भएको छ । झर्नाखोला पीडित दिपक राज जोशीले झर्नाखालामा बलियो तटबन्ध निर्माणका कुनैपनि सरकारी निकायबाट पहल नभएका कारण फेरीपनि स्थानीय त्रसित भएको बताए । ‘अहिले झर्नाखोलाको सानो ?प छ, ‘उनले भने, ‘समयमै यसलाई नियन्त्रण गर्न नसके सानो खोला सागरमा परिणत हुन्छ । 

कुनै बेला सानो भनेर हेप्दा आज महाकाली दोदाले कस्तो क्षति पुर्याएका छन्, त्यो बारे मनन गर्नुपर्ने उनको भनाई छ । दोदा नदीबाट प्रतारित लालझाडी शंकरपुरका स्थानीय पदम रानाले दोदा नदी नियन्त्रण एव कटानी रोक्नका लागि सरकारले दिर्घकालिन योजना नबनाएका कारण आज दोदाले कृष्णपुर, पुर्नवास,बेलौरी र लालझाडी चार स्थानीय तहको उर्बराभूमि कटानी गर्दै मानव बस्ती नै जोखिममा परेको उनले बताए । 

यस्तै बनहरा नदीले कृष्णपुर र स्याली सुनबराले नदीले शुक्लाफाँटा नगर क्षेत्रको उर्बराभूमि कटानी गरेको छ । यसरी कञ्चनपुरका ठुला साना नदि खोलाले कञ्चनपुरको उर्बराभूमि बर्षनी क्षयिकरण गर्दा समेत भू–संरक्षणका लागि ठोस पहल नभएको स्थानीयको बुझाई छ । स्थानीय सरकार गठन भएको बर्षदिन पुग्यो, तर पनि उर्बराभूमि संरक्षण गर्नका लागि ठोस नीति तथा कार्यक्रम नल्याएको स्थानीयको दुखेसो छ । क्षयिकरण रोक्न ठोस पहल कदमी अघि नबढाए कञ्चनपुरमा रहेको उर्बराभूमी बालुवामा परिणत हुँदै म?भूमिकरण हुने खतरा रहेको स्थानीयको चिन्ता छ । स्थानीय एव पीडितले खोला नदी दिर्घकालिन योजना नियन्त्रणका लागि ठोस नीति कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ