२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चुरे दोहनले तराईका उर्बराभुमि क्षयिकरण हुँदै

१७ जेष्ठ २०७५, बिहीबार १०:५१

भाष्कर केसी/जेठ १७, कञ्चनपुर | मानविय कृयाकलापका कारण चुरे क्षेत्रमा भईरहेको दोहनका कारण तराईको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे क्षेत्र भएर बग्ने खोला तथा नदीनालाका कारण तराईको उर्बरा भूमि क्षयिकरण हुन लागेको हो । 

उत्तरबाट दक्षिणतिर बग्ने कञ्चनपुरका विभिन्न खोला नालाका कारण यस जिल्लाको उर्बराभूमि कटानी मात्र नभई क्षयिकरण भईरहेको छ । महाकाली, दोदा, सुनबरा, स्याली, खन्यखोला, झर्नाखोला लगायतका साना ठुला नदी नालाले कञ्चनपुरको उर्बराभूमी क्षयिकरण गर्दा पनि सरकारी निकायबाट रोकथामका लागि दिर्घकालिन कुनैपनि काम अघि बढ्न सकेका छैनन् । ठुला नदीमा तटबन्ध र साना खोलानालामा जारजाली बेर्न त्यो पनि कमिसनै कमिसनका कारण कञ्चनपुरको खोलानालाबाट हुने क्षतिरोक्ने कार्यक्रम निष्प्रभावित भएको छ । अब बर्षात आउँन दुई साता मात्रै बाँकी छन् । 

खोलानदीबाट पीडित किसान चिन्तित हुनुपर्ने दिन नजिकै पुगिसके । महाकाली नदीबाट सुकुमबासी बनेका भीमदत्त नगरपालिका–!! भुजेलाका रैने सुनारले महाकाली नदिमा उचित तटबन्ध निर्माण नभएका कारण यस बर्षको बर्षातमा पनि कटानी हुने चिन्ता व्यक्त गर्नुभयो । ‘पारी छिमेकी भारतीयले बलियो बाँध निर्माण गरेका छन्, ‘उनले भने, ‘हाम्राले कमिसन खान मात्रै जानेका छन्, कमिसनकै कारण आज महाकालीले नेपालतिर बढि कटानी गरेको छ ।

उत्तरी चुरे क्षेत्रको खन्याखोलाका कारण भीमदत्त नगरपालिकाका बस्ती जोखिमा परेका छन् । स्थानीयले पटक पटक खोलामा पक्की तटबन्ध निर्माणका लागि माग गरेपनि सरकारी निकायबाट कुनै पहल नभएको गुनासो पोखेका छन् । चौधर नदीको कटानीका कारण मारमा परेका बेदकोट र बेल्डाँडीका स्थानीयले पनि कटानी रोक्न प्रभावकारी कार्यक्रम नभएका कारण फेरीपनि यसबर्ष विस्थापित हुने चिन्ता व्यक्त गरे । 

बेदकोट नगरपालिका–४ बैतडाकी जमुना सुनारले )६५ सालमा आएको वाढिले खेत बगाएको बताउदै फेरीपनि बलियो तटबन्ध निर्माण नभएका कारण कटानी हुने चिन्ता व्यक्त गरिन् । चुरे भएर बग्ने झर्नाखोलाले बेलौरी बेल्डाँडीको उर्बराभूमी कटानी पटानी गर्दै आएको छ । 

बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिका ( को उचोभाग कटानी र तल्लोभाग पटानीका कारण बालुवामा परिणत भएको छ । झर्नाखोला पीडित दिपक राज जोशीले झर्नाखालामा बलियो तटबन्ध निर्माणका कुनैपनि सरकारी निकायबाट पहल नभएका कारण फेरीपनि स्थानीय त्रसित भएको बताए । ‘अहिले झर्नाखोलाको सानो ?प छ, ‘उनले भने, ‘समयमै यसलाई नियन्त्रण गर्न नसके सानो खोला सागरमा परिणत हुन्छ । 

कुनै बेला सानो भनेर हेप्दा आज महाकाली दोदाले कस्तो क्षति पुर्याएका छन्, त्यो बारे मनन गर्नुपर्ने उनको भनाई छ । दोदा नदीबाट प्रतारित लालझाडी शंकरपुरका स्थानीय पदम रानाले दोदा नदी नियन्त्रण एव कटानी रोक्नका लागि सरकारले दिर्घकालिन योजना नबनाएका कारण आज दोदाले कृष्णपुर, पुर्नवास,बेलौरी र लालझाडी चार स्थानीय तहको उर्बराभूमि कटानी गर्दै मानव बस्ती नै जोखिममा परेको उनले बताए । 

यस्तै बनहरा नदीले कृष्णपुर र स्याली सुनबराले नदीले शुक्लाफाँटा नगर क्षेत्रको उर्बराभूमि कटानी गरेको छ । यसरी कञ्चनपुरका ठुला साना नदि खोलाले कञ्चनपुरको उर्बराभूमि बर्षनी क्षयिकरण गर्दा समेत भू–संरक्षणका लागि ठोस पहल नभएको स्थानीयको बुझाई छ । स्थानीय सरकार गठन भएको बर्षदिन पुग्यो, तर पनि उर्बराभूमि संरक्षण गर्नका लागि ठोस नीति तथा कार्यक्रम नल्याएको स्थानीयको दुखेसो छ । क्षयिकरण रोक्न ठोस पहल कदमी अघि नबढाए कञ्चनपुरमा रहेको उर्बराभूमी बालुवामा परिणत हुँदै म?भूमिकरण हुने खतरा रहेको स्थानीयको चिन्ता छ । स्थानीय एव पीडितले खोला नदी दिर्घकालिन योजना नियन्त्रणका लागि ठोस नीति कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य