२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जाने कामदारसँग रु ९५ हजार लिँदालिँदै म्यानपावरका कर्मचारी पक्राउ

१७ जेष्ठ २०७५, बिहीबार १४:४३

जेठ १७, काठमाडौँ (रासस) | वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै गरेको अवस्थामा दिउँसो ४:३० बजेतिर पक्राउ गरेको हो । 

“कतारमा फ्री भिसा, फ्री टिकट भएकाले वैदेशिक रोजगारमा कतार जाने कामदारबाट १० हजारभन्दा बढी रकम लिन पाइँदैन”, निर्देशक थापाले भन्नुभयो, “तर उक्त ओभरसिजले रु ९५ हजार लिन थालेको सूचना पाएर हामी पुग्दा रकम कामदारबाट लिँदै गरेको अवस्थामा पक्राउ गर्यौं ।” 

फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ । 

निर्देशक थापाले ओभरसिजका सञ्चालक विदेशमा रहेकाले आएपछि अनुसन्धान गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण