2026-09-14 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

जेठ १८, बर्दिया | भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ । 

एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको छोरा १३ वर्षीय अरुण विक, रुकुम सानेचौर घर भएका जुना परियारको छोरा १२ वर्षीय रविन परियार र बर्दिया गुलरिया–९ घर भएकी दिलमाया विकको छोरा ११ वर्षीय अजय विकलाई उद्धार गरेर ल्याइएको महिला विकास अधिकृत बस्नेतले बताउनुभयो । 

ती उद्धार गरेर ल्याइएका बच्चालाई अहिले जिल्ला सेवा केन्द्र गुलरियामा पुनःस्थापनाको लागि राखिएको उहाँले बताउनुभयो । ती बच्चालाई भारतबाट ल्याउन धेरै दिनको प्रयासबाट दुई दिन लगाएर नेपालमा ल्याइएको उहाँले जानकारी दिनुभयो । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हराएका बच्चाको संरक्षणका लागि सरकारले नीति बनाउनु पर्ने बताउँदै पुनःस्थापनापछि बालबालिकाको हकअधिकारको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । 

यस वर्ष जिल्ला बालकल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय, बर्दियाले पाँच बालक र एक बालिका गरी छ जनालाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले