Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पा: दुर्घटनामा ज्यान गुमाउने बाह्रै जनाको सनाखत(नामावलीसहित)

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १८ पाल्पा |</b> रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ ।&nbsp;<br></p><p>प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य र कृष्णबहादुर बोहोर, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् ।&nbsp;</p><p>रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो । रासस</p>