२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

१९ जेष्ठ २०७५, शनिबार ०८:१२

रामपुर, पाल्पा, १९ जेठ (रासस) | कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । 

रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । 

नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामपुर नगरपालिका वडा नं ४ देवीस्थान बस्ने नेपाली गत जेठ १५ गते दिउँसो साथीहरुसँग कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए । 

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु३ख ८९३९ नंको टिपर दुर्घटना भएको हो । टिपरका चालक सोही ठाउँकै ३८ वर्षीय भीम परियारको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य