२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

२०७५, १९ जेष्ठ शनिबार ०८:१२

रामपुर, पाल्पा, १९ जेठ (रासस) | कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । 

रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । 

नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामपुर नगरपालिका वडा नं ४ देवीस्थान बस्ने नेपाली गत जेठ १५ गते दिउँसो साथीहरुसँग कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए । 

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु३ख ८९३९ नंको टिपर दुर्घटना भएको हो । टिपरका चालक सोही ठाउँकै ३८ वर्षीय भीम परियारको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह