२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीकि बबिताले पढ्न पाइन्, प्रदेश सरकारको सहयोग

२० जेष्ठ २०७५, आईतवार ०३:०४

जेठ २०, महोत्तरी (रासस) | प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् । 

शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएन् । 

दलित समुदायकी बबिताको घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि भाइबहिनीलाई मजदूरी गरेर पनि पालनपोषण गर्दै आएकी थिइन् । स्थानीय आधारभूत विद्यालयमा कक्षा ५ 

सम्म अध्ययन गरेकी बबिताले बीचमै पढाइलेखाइ छोडेकी थिइन् । आमाको मृत्यु भएपछि स साना भाइबहिनीको स्याहारसुहारको जिम्मेवारी आफूमाथि परेपछि आफू जेनतेन गर्दै परिवार पाल्दै आएकी बबिताले बताइन् । 

बबिताले भनिन्– “बुबाले घरघरमा गएर भिक्षा मागेर ल्याएपछि पेट भर्ने काम गर्छु हजुर । घर भत्किएको छ । पानी पर्दा त भिज्दै बस्नुपर्ने अवस्था सिर्जना हुन्छ ।” उनी बस्दै आएको खरले छाएको फुसको सानो घर पनि भत्किएको छ । 

विभिन्न सञ्चारमाध्यममा खबर प्रकाशित भएपछि आफूले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग यससम्बन्धमा कुराकानी गर्दा उहाँले बबिताको पढाइको खर्च प्रदेश सरकारले लिने जनाएपछि आफू उनलाई भेट्नको लागि घरमै आएकी सांसद तिवारीले बताउनुभयो । 

प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानलाई सार्थकता तुल्याउनको लागि यो सुनौलो मौका रहेकाले प्रदेशभित्र रहेका एक जेहेन्दार विद्यार्थीलाई हामीले कदापि गुमाउन नसक्ने भन्दै तत्काल बालिकाको घरमै पुगेर सो कार्य गरेको सांसद तिवारीले बताउनुभयो । 

रामगोपालपुर नगरपालिकाले बबिता र उनका तीन भाइबहिनीलाई तत्काल कापी, कलम र ब्यागसमेत उपहारस्वरुप दिएका छन् । यस सम्बन्धमा नगरप्रमुख अशोककुमार मण्डलले जन्मदर्तालगायतका कागजात दुरुस्त गरेर बबिता र उनका भाइबहिनीलाई विद्यालयमा भर्ना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै बबिता बस्दै आएको घर तत्काल मर्मत गर्न आवश्यक रहेकाले त्रिपाल सहयोग गर्ने र पछि आवश्यक देखिएको सबै सहयोग गर्ने नगरप्रमुख मण्डलले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो