२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

स्वर्गीय पत्रकार राजकुमार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

२१ जेष्ठ २०७५, सोमबार १५:००

जेठ २१, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत ४० जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन ।

विगत ८ वर्षदेखी आफै पनि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएकी के.सी.ले जेठ २० गते आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहल बहादुर कार्कीको सभापतित्वमा विद्यालयमा एक कार्यक्रम गरी २०७४ सालको परिक्षामा उत्तिर्ण भएका कक्षा १ देखी ९ सम्मका प्रथम, द्धितिय, तृतीय र सान्त्वना तथा जेहेनदार विद्यार्थीलाई कापी र कलम वितरण गरेकी हुन् ।


सोही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी उमा के.सीले बुबालाई गुमाएको समयमा घरमा आमाको आर्थिक अवस्था कमजोर हुदा अफुलाई कसैले एउटा कापि दिदा पनि निक्कै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उदेश्यले गत वर्षदेखी यस किसिमको शैक्षिक सामाग्री वितरण गर्दै आएको बताइन ।

धेरैजसो बालबालीका निजी विद्यालयमा पढ्न जानेको संख्या बढ्दै गइरहेकोे सन्दर्भमा गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सानो पुरस्कारले पढाईमा प्रतिस्पर्धा गर्न अझ प्रेरित बनाउने उनको विश्वास छ ।

समाज सेवाका लागि सानो कामबाट सुरुवात गर्न सकिन्छ भन्ने उद्देश्य राखेर यो अभियानको सुरु गरिएको भन्दै उनले यसलाई पत्रकारिता क्षेत्रमा रहुन्जेल स्वर्गीय बुबाको सम्झनामा वर्षेनी शैक्षिक सामग्री वितरण कार्य जारी राख्ने प्रयासमा रहेको पनि जानकारी दिईन । 

आफुले पत्रकारिता गरेर कमाएको एक महिनाको तलबबाट बुबाको सम्झनामा शैक्षिक सामग्री किनेर वितरण गरेको बताइन् ।


शैक्षिक सामग्री वितरण कार्यक्रम पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहल बहादुर कार्कीले जिल्लामा पत्रकारिताको सुरुवात राजकुमार केसीले गरेर समाज सेवामा पुर्याएको योगदानको चर्चा गर्दै चुनौतिपुर्ण मानिएको पत्रकारिता पेसालाई समेत बुबाको हत्या पछि छोरीले दृढताका साथ निरन्तरता दिएको भन्दै विद्यालयको तर्फबाट धन्यवाद दिनुभयो ।

अध्यक्ष कार्कीले द्धन्द्धकालमा सेना र तत्कालिन माओवादीले केसी जस्तै अन्य पत्रकार तथा समाजसेवीहरुको हत्या गरेपनि सरकारले उनिहरुको परिवारलाई उचित संरक्षण गर्न नसकेको र उमा जस्तै छोराछारी अरुको सहारामा शिक्षा आर्जन गर्नुपरेको तितो यथार्थ सुनाउनुपर्दा दुःखद घटनाले अझै बढि पिडा सम्झाउने उल्लेख गर्नुभयो ।

छोरी उमाले शिक्षा आर्जन गर्ने क्रममा विगतका समस्यालाई सम्झेर आफै अध्ययन गरेको विद्यालयका भाई बहिनीप्रति देखाएको सद्भाव तथा शैक्षिक सामग्री वितरण आफैमा एतिहासिक कार्य भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

स्व.पत्रकार केसीको सम्झनामा गतवर्षदेखी छोरी उमाले गरेको यो अभियानप्रति स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कार्कीले आगामी दिनमा विद्यार्थीको मनोवल उच्च राख्न तथा विद्यालयलाई सुधार गर्दै लैजाने शिलसिलामा पनि यस्तै युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।


जिल्लामा रहेर पहिलोपटक राजकुमार केसीले राससमा संवाददाताका रुपमा पत्रकरिताको सुरुवात गरेका थिए । पत्रकार के.सी सहित अन्य ५ जनालाई २०५९ साल कार्तिक ७ गते शाहि नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो ।

बुबाको हत्यापछि छोरी उमा लगाएत ४ जना भाइहरुलाई साँघु साप्ताहिकका प्रकाशक गोपाल बुढाथोकी लगाएतले माध्यामीक तहसम्मको पढाइमा सहयोग गरेका थिए ।

स्नातक तहको पत्रकारिता अध्ययनका लागि भने अन्तर्राष्ट्रिय पत्रकार महासंघ अष्ट्रेलियाले सहयोग गरेको थियो । हाल उनि आफै काम गरेर कमाएको पैसाले समाजशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छिन । साथै उमा आस्था न्युजमा पनि आवद्ध छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह