Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लागूऔषध: रोल्पाका ओलीसहित रुकुमका २ जना दाङबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २२ दाङ |</b> अवैध लागूऔषधसहित दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम ओली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन्। </p><p>उनीहरुको साथबाट ५ केजी २ सय ग्राम अफिम बरामद गरिएको छ। घोराही उपमहानगरपालिका–१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश नं ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय, दाङबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।</p>