जेठ २२, काठमाडौं । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २२, काठमाडौं । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा गैरकानुनी रुपमा काम गरिरहेका नेपाली कामदारलाई स्वदेश फर्किने मौका

२२ जेष्ठ २०७५, मंगलवार १२:५८

जेठ २२, काठमाडौं । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्ता कामदारलाई आग्रह गरेको छ। उक्त समयमा स्वदेश नफर्किने कामदारका साथै उनीहरु कार्यरत रोजगारदाता कम्पनीलाई समेत कडा कारबाही गरिने चेतावनी दिइएको छ।अवैधानिक रुपमा बसेर काम गरिरहेका कामदारलाई जरिवाना तिरेर स्वदेश फर्किने अवसर मलेसिया सरकारले यसअघि दुई पटक दिइसकेको छ। अब भने त्यस्ता कामदारलाई जरिवाना नतिरी सीधै स्वदेश फर्कन आग्रह गरिएको छ। 

गैरकानुनी रुपमा काम गरिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन मलेसिया सरकारले गत वर्ष जनवरीदेखि जून ३० सम्मको समय दिएको थियो। सो अवधिमा ५  हजारभन्दा बढी अवैध नेपाली कामदार नेपाल फर्किएका मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।त्यसपछि दोस्रो पटक अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म दिइएको अवधिमा २५ हजारभन्दा बढी कामदार नेपाल फर्किएका थिए। 

मलेसियामा कति नेपाली कामदार यसरी अवैध रुपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन। हाल ४ लाख नेपाली कामदार वैधानिक तवरमा मलेसियामा कार्यरत रहेको सरकारी तथ्यांक छ। त्यसबाहेक करिब १  लाख नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन