जेठ २२, काठमाडौं । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २२, काठमाडौं । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्"/>

2026-09-04 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा गैरकानुनी रुपमा काम गरिरहेका नेपाली कामदारलाई स्वदेश फर्किने मौका

जेठ २२, काठमाडौं । मलेसिया सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसेका आप्रवासी कामदारलाई दुई महिनाभित्र स्वदेश फर्किने अवसर दिएको छ।

मलेसियाको कानुन मन्त्रालय र अध्यागमन विभागले आगामी अगस्ट ३० भित्र आफ्नो देश फर्किन त्यस्ता कामदारलाई आग्रह गरेको छ। उक्त समयमा स्वदेश नफर्किने कामदारका साथै उनीहरु कार्यरत रोजगारदाता कम्पनीलाई समेत कडा कारबाही गरिने चेतावनी दिइएको छ।अवैधानिक रुपमा बसेर काम गरिरहेका कामदारलाई जरिवाना तिरेर स्वदेश फर्किने अवसर मलेसिया सरकारले यसअघि दुई पटक दिइसकेको छ। अब भने त्यस्ता कामदारलाई जरिवाना नतिरी सीधै स्वदेश फर्कन आग्रह गरिएको छ। 

गैरकानुनी रुपमा काम गरिरहेका आप्रवासी कामदारलाई स्वदेश फर्किन मलेसिया सरकारले गत वर्ष जनवरीदेखि जून ३० सम्मको समय दिएको थियो। सो अवधिमा ५  हजारभन्दा बढी अवैध नेपाली कामदार नेपाल फर्किएका मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।त्यसपछि दोस्रो पटक अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म दिइएको अवधिमा २५ हजारभन्दा बढी कामदार नेपाल फर्किएका थिए। 

मलेसियामा कति नेपाली कामदार यसरी अवैध रुपमा काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन। हाल ४ लाख नेपाली कामदार वैधानिक तवरमा मलेसियामा कार्यरत रहेको सरकारी तथ्यांक छ। त्यसबाहेक करिब १  लाख नेपालीहरु गैरकानुनी रुपमा काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ