२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा ७ सरकारी कार्यालय प्रमुख बिहिन

२२ जेष्ठ २०७५, मंगलवार १५:४६

टेकबहादुर शाही | जेठ २२, डोल्पा | डोल्पामा हाल रहेका सरकारी कार्यालय मध्य ७ वटा सरकारी कार्यालयमा कार्यालय प्रमुख बिहिन रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले लामो समय पछि गरेको कार्यालय अनुगमनको क्रममा यस्तो तथ्य पत्ता लागेको हो । 

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा जिल्लाका सबै सरकारी कार्यालयमा अनुगमन गर्दा सात वटा सरकारी कार्यालयमा कार्यलय प्रमुख बिहिन भेटिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । जिल्लाका सरकारी कार्यालयहरुका करिव ९० जना कर्मचारीहरु नै छैनन प्रमुख जिल्ला अधिकारी थापाले भने । 

धेरै लामो समय पछि प्रमुख जिल्ला अधिकारीले आफै जिल्लाका सरकारी कार्यालयको अनुगमन गरेका हुन । अनुगमनका क्रममा जिल्ला कृषि बिकास कार्यालय, जिल्ला आयूर्बेद स्वास्थ्य कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,खानेपानि तथा सरसफाइ सव डिभिजन कार्यालय, जिल्ला हुलाका कार्यालय, जिल्ला पशु सेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय गरि ७ वटा कार्यालयका प्रमुखहरु जिल्लाका कार्यालयमा नभएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । 


मुख्य सात वटा कार्यालयका प्रमुख र जिल्ला भर ९० जना कर्मचारीहरु कार्यालयमा नहुनु निकै दुखदायी अबस्था भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापमाले बताए । उनले भने यसरि सेवाग्राहीको काम प्रभाबित पारेर कार्यालय भन्दा बाहिर बिना जानकारी बस्ने कर्मचारीहरुलाइ कारवाही हुन्छ मैले आवास्यक प्रकृया अगाडि बढाइ सकेको छु । 

अनुगमनको क्रममा कार्यालय प्रमुख र कर्मचारीहरुको हाजिरि,नागरिक सहायता कक्ष,कर्मचारीले सेवाग्राहीलाइ गर्ने ब्याबहार, सफा र स्वच्छ पिउने पानि र कार्यालय परिसर तथा कार्यालयको ब्यवस्थापनका बारेमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । 

हाल सम्म पनि जिल्लाका सरकारी कार्यालयमा टोकन प्रणालीबाट सेवा प्रदान र बिद्युतिय प्रणालीबाट हाजिर गर्ने प्रणालीको सूरुवात कतै पनि नभएको भेटिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने बिद्युतिय हाजीर र टोकन प्रणालीबाट सेवा जिल्ला प्रशासानबाट भै रहेकोर अब सबै कार्यालयहरुले त्यसो नगरे कारवाही गर्ने निर्देशन दिएको छु तत्तकाल कामको थालनी हुनु पर्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो